• ३० भदौ २०८३, मंगलबार
  • १०ः४२ बिहान

सर्वोच्चद्वारा ऋषिराम कट्टेल अध्यक्ष रहेको नेकपाको पक्षमा फैसला, हालको नेकपा के होला?

प्रकाशित मिति

२०७७ फाल्गुन २३ गते, आईतवार ०३:१२

काठमाडौं: सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी नेकपाको विवादमा ऋषिराम कट्टेल अध्यक्ष रहेको नेकपाको मागको पक्षमा फैसला गरेको छ न्यायाधीशहरू बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले निवेदकको माग अनुसार नाम काय गर्न निर्वाचन आयोगलाई आदेश भएको छ तर विस्तृत फैसला नआइपुगको अदालत स्रोतले जनाएको छ

National Life

न्यायाधीशहरू बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासमा यही फागुन १३ गते विहिबार निर्णय सुनाउने मिति तय गरेपनि पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनमा शोक विदा परेकाले आइतबार उक्त विवादको निर्णय सुनाएको हो ।

नेपाल कम्युनिस्ट पाटी नेकपाले आफ्नो पार्टीसँग नाम जुँधाएको विवादमा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले दायर गर्नुभएको रिट निवेदनको दिनु भएको थियो । अध्यक्ष कट्टेलले निर्वाचन आयोगमा २०६९ मा नेकपाका नाममा आफूले दल दर्ता गरेको तर तत्कालीन एमाले र माओवादीबीच २०७५ साल जेठ ३ गते एकता भएर नेपाल कम्युनिस्ट पार्टी नेकपाकै नाममा निर्वाचन आयोगमा दल दर्ता भएको विरुद्ध रिट निवेदन दायर गर्नुभएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

अध्यक्ष कट्टेलले निर्वाचन आयोगमा त्यसविरुद्ध उजुरी दिए पनि केपी शर्मा ओली र पुष्पकमल दाहाल अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को पक्षमा निर्णय गरेको थियो । उक्त निर्णय विरुद्ध अध्यक्ष कट्टेलले २०७५ साल मङ्सिर २१ गते सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो ।

प्रतिकृया