• ३० भदौ २०८३, मंगलबार
  • ९ः०१ बिहान

संसद बैठकअघि प्रचण्ड नेपाल पक्षको संसदीय दलको बैठक बस्दै

प्रकाशित मिति

२०७७ फाल्गुन २३ गते, आईतवार ०१:४५

काठमाडौं: प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपा संसदीय दलको बैठक बोलाएको छ । बैठक केहीबेरमा सिंहदरबारस्थित दलको कार्यालयमा बस्ने नेकपा संसदीय दल प्रमुख सचेत देव गुरुङले जानकारी दिए ।

National Life

उनका अनुसार बैठकमा अपरान्ह ४ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रस्तुति हुने रणनीतिबारे छलफल हुने बताइएको छ ।शुक्रबार बसेको दलको बैठकमा ओलीले राजीनामा नदिए आइतबार अविश्वास प्रस्ताव दर्ता गर्नेबारे छलफल भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने या नगर्नेबारे बैठकमा निर्णय लिने बुझिएको छ ।

प्रचण्ड-नेपाल पक्षले ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन प्रमुख प्रतिपक्षसँग संवाद गरिरहेको छ । तर पुनःस्थापित संसदमा निर्णायक भएर उदाएको काँग्रेस भने अहिलेसम्म पर्ख र हेरको रणनीतिमा छ ।

Classic Tech Mobile
Classic Tech Desktop

 

प्रतिकृया