• १० असोज २०८३, शनिबार
  • १०ः३६ राती

प्रधानमन्त्री कप महिला भलिबल आजदेखि,विजेताले ५ लाख पाउने

प्रकाशित मिति

२०७७ फाल्गुन २१ गते, शुक्रबार ११:००

नेपालगन्ज: सातौं संस्करणको प्रधानमन्त्री आमन्त्रण महिला भलिबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ ।बाँके जिल्ला भलिबल संघको आयोजनामा फागुन २१ देखि २५ गते सम्म नेपालगन्ज रंगशालाको कभर्ड हलमा सञ्चालन हुने प्रतियोगितामा पाँच टिमको सहभागिता छ ।

National Life

यस पटक विजेताले पाउने रकममा ३ लाखले वृद्धि गरिएको छ । च्याम्पियनले उपाधिसहित ५ लाख रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै दोस्रो टोलीलाई २ लाख, तेस्रोलाई १ लाख र चौथो हुने टोलीलाई ५० हजार रुपैयाँ प्रदान गरिनेछ । गत वर्ष विजेताले २ लाख रुपैयाँ प्राप्त गरेको थियो ।

तीन विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ क्लब सहित होगांजी न्यू डायमण्ड क्लबले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् । साथै स्थानीय टोली लुम्बिनी युनाइटेडले पनि यसपटक चर्चित क्लबहरुसँग प्रतिस्पर्धा गर्नेछ ।

Classic Tech Mobile
Classic Tech Desktop

विगतमा जस्तै नेपालका चर्चित क्लबसँगै भारत र बंगलादेशका क्लबलाई यसपटक पनि प्रधानमन्त्री कपमा सहभागी गराउनका लागि नेपाल भलिबल संघमार्फत पहल गरिए पनि कोरोना महामारी पूर्णरुपमा नियन्त्रण भइनसकेका कारण विदेशी टोली आउन नसक्ने जानकारी प्राप्त आयोजकले जनाएको छ । गत वर्ष पनि कोरोना कहरका कारण विदेशी क्लबको सहभागिता रहन सकेन ।

कोभिड-१९ को महामारी अझै पनि नियन्त्रण भइनसके पनि विस्तारै खेलकुद गतिविधि भने सुरु भएकाले स्वास्थ्य मापदण्डलाई ख्याल राख्दै प्रधानमन्त्री कप आयोजना गर्न लागेको आयोजकले जनाएको छ ।

दक्षिण एसियामा नम्बर एक क्लब च्याम्पियनसिपका रुपमा प्रधानमन्त्री कपलाई स्थापना गर्ने उद्देश्यका साथ व्यवस्थापनलाई विशेष ध्यान दिएको आयोजक बाँके जिल्ला भलिबल संघका अध्यक्ष टिएस ठकुरीले बताए ।

मिस नेपाल नम्रता श्रेष्ठ सातौं प्रधानमन्त्री कपको सदभावना दूतको रुपमा छिन् । सगरमाथा टाइटल स्पोन्सर रहेको प्रधानमन्त्रीकपको सातौं संस्करणमा राष्ट्रिय वाणिज्य बैंक पावरड बाई पार्टनर रहेको छ ।

यसपटक २०७० सालमा सुरु गरेको प्रधानमन्त्री कपको पहिलो संस्करण नेपाल पुलिस क्लब , दोस्रो नेपाल एपीएफ, तेस्रो र चौथोमा रेलवे इन्डिया, पाँचौमा एपीएफ, छैटौंमा पुलिसले जितेको थियो । पाँचौं संस्करणमा बंगलादेशी क्लबको सहभागिता रहेको थियो

प्रतिकृया