• ३० भदौ २०८३, मंगलबार
  • ७ः४७ बेलुका

गैंडाले डिभी पनि भर्दैन, अमेरिका नि जाँदैन, यसको संरक्षण त गर्नुपर्यो : प्रधानमन्त्री ओली

प्रकाशित मिति

२०७७ फाल्गुन २० गते, बिहीबार ०८:१९

काठमाडौ: नेपाल प्रकृति संरक्षण कोषले विश्वजन्तु दिवस तथा सदर चिडियाखानाको रजत महोत्सवको अवसरमा बुधबार ललितपुरमा गरेको कार्यक्रमलाई सम्बोधन प्रधानमन्त्री केपी शर्मा ओलीले एउटा गैंडाको एक वर्षको खाना उपचार लगायतको पालनपोषणको सम्पूर्ण जिम्मा लिनुभएको छ ।

National Life

प्रधानमन्त्री ओलीले एडप्ट एन एनिमल कार्यक्रम अन्तरगत एउटा गैंडाको वर्षभरीको सम्पूर्ण खर्चको जिम्मा लिनुभएको हो ।  चिडियाखानालाई सरकारको तर्फबाट ४ वटा विद्युतीय बग्गी उपलब्ध गराउने प्रतिवद्धता जाहेर गर्दै विभागीय मन्त्रीलाई त्यसको व्यवस्था गर्न निर्देशन पनि दिनुभयो ।

बुढाबुढी असक्तलाई चिडियाखाना घुम्न सहज बनाउनका लागि पनि विद्युतीय बग्गी अत्यावश्यक भएको उहाँले बताउनुभयो । आफूले कोभिड रहुन्जेल तलब नलिने घोषणा गरेकाले एक महिनाको गैंडाको खाना ।बराबर श्रीमती राधीका शाक्यको पेन्सनबाट उपलब्ध गराउने प्रतिवद्धता पनि प्रधानमन्त्रीले जनाउनुभयो ।  क्रममा प्रकृति, जीवन र जगतको बारेमा प्रवचन नै दिनुभयो । एकसिंगे गैडाका बारेमा पनि लामो व्याख्या गर्नुभयो ।

Classic Tech Mobile
Classic Tech Desktop

उहाँले भन्नुभयो “जु संकटमा पर्यो । कर्मचारीलाई त तनखा दिन्छौ होला । थोरै भएपनि । फिप्टी प्रतिशत । यी जनावर त कोही पनि नआएपछि त फिप्टी प्रतिशत पनि हुँदैन । संकटमा परेनन् रु यिनीलाई संकटमा पर्न नदिनका लागि हामी विभिन्न उपायहरु गर्छौं । जसमध्ये एडप्ट एन एनिमल हो । यो एक सिंगे गैंडा नजिकै गयो भने त्यत्ति राम्रो मान्दैन ।

एडप्ट गरेपछि त अलि राम्रो मान्नुपर्ने नि रु नजिक गयो भने त्यत्ति राम्रो मान्दैन । तैपनि यो यसै धर्तीमा जन्मेको । यो एकसिंगे गैंडा चाहीँ यही जन्मेको हो । यो एकसिंगे गैंडा,यसका पुर्खा न अन्त जान्थेँ, न अन्त पैदा हुन्थे । यो अमेरिकामा जन्मदैन । अमेरिकामा बसोबास गर्न बसाई पनि जाँदैन । डिभी पनि काट्दैन यसले । यसलाई नेपाल प्यारो छ । नारायणीको किनार राम्रो छ । यो ओरिजिनली नेपाली हो । ”

प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको संरक्षित क्षेत्र बढाएर हालको २३ प्रतिशतबाट ३० प्रतिशत पुर्याउने कुरा बताउँदै आएको उल्लेख गर्दै प्रधानमन्त्रीको उद्घोषलाई कार्यान्वयन गर्ने विषयमा कोषको भूमिका अझै बढेर जाने बताउनुभयो ।

प्रधानमन्त्रीको उद्घोष कार्यान्वयन गर्न कोष उत्साहका साथ लाग्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो ।  त्यसैगरी वन तथा वातावरणमन्त्री प्रेम आलेले एउटा हात्ती, नारायणी हस्पिटालिटी सर्भिसेस प्रालिले एउटा सारश, कन्टीनेन्टल टेडिङ्गका अदिती घिमिरेले एउटा रेडपाण्डा, काष्ठमण्डप इभेन्टका सुनिल भण्डारीले एउटा सारस, लक्ष्मी बैंकले एउटा लाटोकोसेरो, मेगा बैंकले एउटा डाँफे र १० बर्षका विभन सिं बस्नेतले एउटा लभवर्डको अभिभावकत्व लिनुभएको छ । यसरी अभिभावकत्व लिने सबैले आफ्नो संरक्षणमा रहेका जनावर तथा पंक्षीको वर्षभरीका पालनषोषण, औषधोपचार लगायत सम्पुर्ण खर्च व्यहोर्नु पर्नेछ ।

 

प्रतिकृया