ग्लोबल कलेज इन्टरनेशनलमा पालिष्ठा प्रजापतीलाई शतप्रतिशत छात्रबृत्ती
प्रकाशित मिति
२०७७ फाल्गुन १५ गते, शनिबार ०९:१६

काठमाडौं : शिक्षाको हबको रुपमा चिरपरिचीत ग्लोबल कलेज इन्टरनेशनलले क्यान्सरका कारण बाबु आमा दुवै गुमाएकी पालिष्ठा प्रजापतीले ग्लोबल कलेज इन्टरनेशनलमा शतप्रतिशत छात्रबृत्ती प्राप्त गरेकी छन् । शुक्रबार कलेजमा अयोजित कार्यक्रमकाबीच अभिनेतृ मनिषा कोइराला, कलेजका प्रिन्सिपल डा. करण ठगुन्ना लगायतको उपस्थितिमा प्रजापतीलाई उक्त छात्रबृत्तीको प्रमाणपत्र प्रदान गरिएको छ ।
मनिषा कोइराला क्यान्सर शिक्षा कोष एमकेसिइएफ अन्तर्गत चर्चित अभिनेतृ मनिषा कोइरालाले एमबिए अध्ययनका लागि उनलाई छात्रवृत्ती प्रदान गरेकी हुन् । यो कोषलाई ग्लोबल कलेज इन्टरनेसनलले सहयोग गरेको छ । क्यान्सर पीडित विद्यार्थी वा बच्चाहरूले यो कोष अन्तर्गत ग्लोबल कलेज इन्टरनेशनलमा शतप्रतिशत छात्रबृत्ती पाउने व्यवस्था गरिएको छ ।
पिन्सिपल ठगुन्नाले क्यान्सर पीडित विद्यार्थी वा बच्चाहरू जसका अभिभावकहरू क्यान्सरबाट पीडित हुन्छन् उनीहरूले ग्लोबल कलेज इन्टरनेसनलमा शतप्रतिशत निःशुल्क शिक्षा पाउनेछन्,।
मनिषा कोइराला र प्रिन्सिपल गठुन्नाले छात्रबृत्ती प्राप्त गर्ने प्रजापतीको सफल शैक्षिक यात्राको लागि शुभकामना व्यक्त गरेका छन् । देशभरबाट उपयुक्त विद्यार्थी छनोट गरी यो छात्रबृत्ती प्रदान गर्ने गरिन्छ । वर्षेनी ५० लाख रुपैयाँ बराबरको छात्रबृत्ती प्रदान हुन्छ ।
प्रतिकृया