तारकेश्वरमा फेरि बर्डफ्लु, कुखुरा र दाना नष्ट
प्रकाशित मिति
२०७७ फाल्गुन १४ गते, शुक्रबार ११:१९
काठमाडौं : राजधानी काठमाडौँमा फेरि बर्डफ्लु भेटिएको छ । काठमाडौँको तारकेश्वर नगरपालिका १ साङ्लाफाँटमा फेरि बर्डफ्लु भेटिएको हो । बर्डफ्लु भेटिएपछि १२ हजार बढी कुखुरा नष्ट गरिएको छ । गएको माघमा पनि तारकेश्वरमा बर्डफ्लु भेटिएको थियो । त्यसयता कुखुरा नष्ट गर्न बाहेक अरु काम नगर्दा फेरि बर्डफ्लु भेटिएको पाइएको छ ।
काठमाडौँपछि कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा केही स्थानीय जातका कुखुरामा पनि बर्डफ्लु भेटिएको थियो । बर्डफ्लु कहाँबाट भित्रियो भन्नेमा सरकारसँग स्पष्ट जानकारी छैन् । यसबारे अनुसन्धान गर्न पशु सेवा विभागका कृषि वैज्ञानिकहरुलाई निर्देशन दिइएको कृषि मन्त्रालयका प्रवक्ता श्रीराम घिमिरेले बताए । बर्डफ्लु भेटिएको खबर आएपछि विभागका वैज्ञानिकहरुलाई थप अनुसन्धान गर्न भनेका छौँ’ उनले इकागजसँग भने, ‘अब विभागले जानकारी दिएपछि अरु कुरा थाहा होला ।’
प्रतिकृया