प्रोस्टेट के हो ? र यसको लक्षण र उपचारको प्रकृया कस्तो हुन्छ ?
प्रकाशित मिति
२०७७ फाल्गुन ८ गते, शनिबार ०५:३०
प्रोस्टेट भनेको पुरुषहरुको पिसाबथैली र लिङ्गको बिचमा रहेको ग्रन्थीलाई भनिन्छ । यो ४० वर्ष नाघेका पुरुषहरु लाई लाग्ने संभावना बढी हुन्छ । प्रोस्टेटले एक प्रकारको तरल पर्दाथ उत्पादन गर्छ जस्ले शुक्रकितलाई बचाउने काम गर्छ ।
लक्षणहरु
सबै मानिसमा एकै प्रकारको लक्षणहरु नदेखिने हुन सक्छ । उमेर, प्रोस्टेटको साईज अनुसार फरक फरक हुन्छ ।
- छिनछिनमा पिसाब लाग्ने
- राती पिसाब गर्न उठिरहनुपर्ने
- पिसाब फर्ने गारो हुने
- पिसाबको धारा सानो हुने
- पिसाब गरिसकेपछि अझै बाँकी भएको जस्तो अनुभव हुन्छ ।
अन्य संभावित पिसाब संक्रमण कारणहरु
- पिसाबनलीको संक्रमण
- प्रोस्टेटकोसंक्रमण
- पिसाबनली साँघुरिदै जानु
- पहिलाको अपरेसन पछि पिसाबथैलीमा दाग बस्नु
- पिसाब थैली र मृगौलाको पत्थरी
- पिसाब थैलीको नशाको समस्य
- प्रोस्टेट र पिसाब थैलीका क्यान्सर
कुन बेलामा डाक्टरलाई भेट्ने
माथि उल्लेखित कुनै समस्याहरु देखेमा डाक्टरलाई भट्ने र सल्लाह बमोजिम उपचार गर्ने । यदि पिसाब रोकेमा चाडो भन्दा चाडो डाक्टरलाई भेट्ने
कारणहरु
प्रोस्टेट पिसाब थैलीको ठिक तल रहेको हुन्छ जसको बिचबाट पिसाब नली गएको हुन्छ । जुन बेला प्रोस्टेट बढेर ठुलो हुन्छ त्यसपछि पिसाब रोकिन सुरु हुन्छ ।
जोखिमका कारक तत्वहरु
उमेर : प्राय जसो ४० वर्ष नाघेका पुरुषहरुमा यो समस्या देखिएको पाईन्छ ।
वंशानुगत : वंशानुगत रुपमा पनि यो रोग लाग्ने हुन्छ ,बुबा वा दाई लाई छ भने छोरा भाईलाई लाग्ने संभावना हुन्छ ।
जिवनशैली : व्यस्त जीवनशैलीमा व्यायमको कमिले पनि यो रोग लाग्ने संभावना हुन्छ ।
जटिलताहरु
पिसाब फर्न नसक्नु :
बढेका मासुको कारण पिसावकोनली सानो हुने भएकोले पिसाब फेर्न सकिदैन त्यसैले पिसाबको नलीमा पाईप राखी पिसाब गराइन्छ ।
मुत्रनलीमा संक्रमण :
पिसाब थैलीमा भएको पिसाब सबै सकिदैन त्यसले गर्दा मुत्रनलीमा संक्रमण हुन्छ । लगातारमुत्रनलीमा संक्रमण भएको खण्डमा अपरेसन गर्नुपर्छ ।
पिसाबथैलीमा पत्थरी :
पिसाब थैलीमा भएको पिसाब सबै नखुलेमा पत्थरी हुने बढी संभाबना हुन्छ । पिसाब नलीमा संक्रमण हुदा, पिसाबमा रगत देखिनु जस्ता समस्याले गर्दा पिसाब थैलीमा पत्थरी हुन्छ ।
मृगौला खराब
पिसाब राम्रो संग फेर्न नसकेर जम्मा भएको पिसाबको कारणले गर्दा पिसाबथैलीमा बढी चाप भई मृगौला खराब हुन्छ । थोरै समयको लागि पिसाबथैलीमा पिसाब जम्मा भइरहेमा र मृगौला खराब भई जीवन खतरनाक परिस्थिति हुन पुग्छ ।






प्रतिकृया