• ११ असोज २०८३, आइतबार
  • १ः२० राती

अदालतको अवहेलना नगरेको प्रधानमन्त्रीको जिकिर

प्रकाशित मिति

२०७७ फाल्गुन ६ गते, बिहीबार ०२:२८

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले कहिल्यै पनि अदालतको अवहेलना नगरेको दाबी गरेका छन्।

National Life

अवहेलना सम्बन्धी मुद्दामा बिहीबार आफै सर्वोच्च अदालत गइ लिखित जवाफ बुझाउँदै प्रधानमन्त्री ओलीले आफू स्वतन्त्र न्यायपालिकाको पक्षमा निरन्तर उभिँदै आएको उल्लेख गरेका हुन्।

प्रधानमत्रीले आफू प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको एउटा पक्ष भएकाले मुद्दा जित्ने आधार यस्ता छन् भन्नु स्वभाविक रहेको जिकिर गरेका छन्। उनले अवहेलनाको निवेदन खारेजयोग्य रहेको उल्लेख गरेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

गत ५ पुसमा गरिएको प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिटमाथि सुनुवाई जारी रहेकै बेला प्रधानमन्त्री ओलीले संविधानमा संसद पुनःस्थापनाको व्यवस्था नै नभएको उल्लेख गर्दै संवैधानिक इजलासमा हुँदै आएको बहसलाई ‘तमासा’ भनेका थिए।

रिट निवेदकको पक्षमा बहस गरेका वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले ‘एकजना बाजे वकिललाई पनि लिएर गएछन् तमासा देखाउन’ भनेर आपत्तिजनक अभिव्यक्ति दिएका थिए।

प्रधानमन्त्री ओलीविरुद्ध वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले छुट्टाछुट्टै अवहेलना मुद्दा दर्ता गराएका थिए।

त्यसको सुनुवाई गर्दै अदालतले लिखित जवाफ दिन भनेको थियो । सोही अनुसार जवाफ पेश गर्न गएका हुन् ।

यसअघि गएको सोमबार चार पूर्व प्रधानन्यायाधीशले सोमबार आफै उपस्थित भएर जवाफ पेश गरेका थिए ।

प्रतिकृया