• १४ असोज २०८३, बुधबार
  • २ः२९ दिउँसो

लक्ष्मी बैंकले सुरु गर्‍यो स्मार्टफोन लोन सेवा

प्रकाशित मिति

२०७७ फाल्गुन ४ गते, मंगलवार १२:१७

काठमाडौं: लक्ष्मी बैंकले एफवान सफ्टसँगको सहकार्यमा स्मार्ट फोनलोन सेवा सुरु गरेको छ। स्मार्ट फोन लोन एक कर्जारुपी सेवा (Lending-as-a-Service) हो जसअन्तर्गत योग्य ग्राहकहरुले लक्ष्मी बैंकको मोबाइल मनी एपबाटै अधिकतम २ लाखसम्मको कर्जा लिन सक्नेछन्।

National Life

कर्जाको मात्रा ग्राहकको खातामा भएको कारोबारको आधारमा तोकिने र सो गणना एपको एनलाइटिक्स सफ्टवेरले गर्नेछ।

हालका लागि यो सेवा बैंकमा तलब तथा बचत खाता हुने ग्राहकहरुका लागि हुनेछ भने विस्तारै यो सेवा अन्य ग्राहकहरुका लागि उपलब्ध गराउँदै लगिने योजना रहेको बैंकले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

आफ्ना सेवाहरुलाई डिजिटलमैत्री बनाउँदै ग्राहकहरुलाई सरल र सहज सेवा प्रदान गर्ने उद्देश्यले लक्ष्मी बैंकले नयाँ सेवा संचालनमा ल्याएको हो। यो कर्जा पुरै डिजिटलमैत्री भएकाले कुनै कागजपत्र तथा निवेदन बिना नै लिन सकिन्छ र यो पुर्व स्विक्रित हुने हुँदा कुनै धितो बिना प्रदान गरिनेछ।

सो कर्जा अधिकतम ३० दिनको अवधिका लागि प्रदान गरिनेछ भने कर्जा उपलब्ध हुने बित्तिकै कर्जा रकम ग्राहकको खाता मा जम्मा हुने व्यवस्था रहेको बैंकले जनाएको छ।

 

प्रतिकृया