• १३ असोज २०८३, मंगलबार
  • ३ः४० दिउँसो

प्रधानमन्त्री ओली १० महिनापछि सिंहदरबारमा

प्रकाशित मिति

२०७७ फाल्गुन ३ गते, सोमबार ०२:५४

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार सिंहदरबारस्थित आफ्नो कार्यालयमा १० महिनापछि पाइला टेकेका छन्।

National Life

खासगरी कोरोना महामारीको जोखिमको कारण देखाउँदै सरकारी प्रसाशनिक कामहरु सरकारी निवास बालुवाटारमा गर्दै आएका प्रधानमन्त्री ओलीले सोमबार सरकार तीन वर्ष पूरा भएको उपलक्ष्यमा त्यसका उपलब्धिबारे प्रेस ब्रिफिङ गर्न सिंहदरबार पुगका हुन्।

यस्तै पुनःनिर्मित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको उद्घाटन पनि उनको अर्को महत्वपूर्ण काम थियो। साथै कार्यक्रम सकेपछि केही समय कार्यालयमा बिताएर प्रधानमन्त्री ओली बालुवाटार फर्किएका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

गत वर्ष फागुन २१ गते उनले आफ्नो दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेपछि चैत्रमा आयोजना भएका कोभिड–१९ महामारी नियन्त्रणलाई लिएर आयोजना गरिएको सार्क राष्ट्र सदस्यहरुको र प्रदेशका मुख्यमन्त्रीहरुसँगको भर्चुल बैठकका लागि सिंहदरबार गएका थिए।

त्यसपछि उनी कोरोनाको कारण देखाउँदै सम्पूर्ण कार्य बालुवाटारबाटै गर्दै आएका थिए।

 

प्रतिकृया