• ४ साउन २०८३, सोमबार
  • ७:११ बेलुका

फागुन ६ गते प्रचण्ड-नेपाल समूहले टुँडिखेल वरिपरि मानव साङ्लो बनाउने

प्रकाशित मिति

२०७७ फाल्गुन २ गते, आईतवार ०२:२९

काठमाडौँ: नेकपाको प्रचण्ड-नेपाल पक्षले तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ।

पुस ५ प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि प्रचण्ड-नेपाल पक्ष आन्दोलनमा छ। उसले गत माघ २८ मा काठमाडौंमा प्रदर्शन गरेको थियो।

Kamana Sewa

काठमाडौं बाहिर प्रदेश १ को विराटनगर, बुटवल, सुर्खेत र धनगढीमा पनि प्रदर्शन र विरोध भएको थियो। यी कार्यक्रममा पार्टीका नेतृत्वले सम्बोधन गरेको नेकपाको उक्त समूहले जनाएको छ।

Classic Tech Desktop

आज पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै तेस्रो चरणमा आन्दोलनका कार्यक्रम ल्याएको हो।

नेता योगेश भट्टराईले दिएको जानकारीअनुसार प्रतिनिधि सभा विघटन सच्याउन तेस्रो चरणमा आन्दोलन गर्न लागिएको छ।

संवैधानिक निकायमा गरिएका नियुक्ति खारेज गर्न पनि आन्दोलन गर्नु परेको उनको भनाइ छ।

यसअघि गरिएका आन्दोलन सफलतापूर्वक समापन भएको पनि नेकपाको उक्त समूहले जनाएको छ।

फागुन ५ देखि १२ गतेसम्म जिल्लामा विरोध प्रदर्शन गर्ने कार्यक्रम छ। फागुन ६ गते काठमाडौंको टुँडिखेल वरपर मानव साङ्लो बनाएर विरोध गर्ने कार्यक्रम रहेको उनले बताए।

प्रतिकृया