• २ असोज २०८३, शुक्रबार
  • ४ः५३ बिहान

विनयजंग बस्नेतलाई पक्राउ गर्ने तयारी, सपनाले दिईन् लिखित उजुरी

प्रकाशित मिति

२०७७ फाल्गुन २ गते, आईतवार ०१:१६

काठमाडौं: बेवारिशे शव व्यवस्थापन गर्दै आएका विनयजंग बस्नेतलाई प्रहरीले पक्राउ गर्ने तयारी गरेको छ।

National Life

बिबिसीको प्रभावशाली एक सय महिलाको सूचीमा परेकी १८ वर्षीया सपना रोका मगरले विनयजंग बस्नेतविरूद्ध महानगरीय प्रहरी परिसर, काठमाडौंमा जाहेरी दिएकी थिईन्। बस्नेतले युट्युबमा सपना रोका मगरका नांगा तस्वीर देखाइदिने भन्दै धम्की दिएपछि आइतबार काठमाडौं परिसरमा जाहेरी दर्ता गरिएको परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले बताएका छने।

प्रहरी अहिले पक्राउ पुर्जी लिनको लागि अदालत गएको छ। अदालतबाट पुर्जी आउनेबित्तिकै उनलाई पक्राउ गरिने तयारी गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

 

प्रतिकृया