• १२ असोज २०८३, सोमबार
  • १२ः०४ दिउँसो

अदालतलाई यसो गर् उसो गर् भन्न मिल्दैन देउवा

प्रकाशित मिति

२०७७ माघ २९ गते, बिहीबार ०४:४९

काठमाडौं -नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघट्नको विषय सर्बोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा जुलुस वा नारा लगाएर अदालतलाई यही गर् भन्न नमिल्ने र कांग्रेसले कहिल्यै त्यस्तो काम नगर्ने बताएका छन् ।

National Life

पार्टीको आदिवासी जनजाति केन्द्रीय विभागले बिहीबार आयोजना गरेको कार्यक्रममा उनले भने, ‘अदालतमा मुद्दा छ, नारा लगाएर यही गर् भन्न मिल्दैन, हामी त्यस्तो गर्दैनौँ, जुलुसले हुने भए किन चाहियो अदालत ।’

सभापति देउवाले कांग्रेस निर्वाचनमा विश्वास गर्ने लोकतान्त्रिक पार्टी भएको बताउँदै संसद् पुनःस्थापना र निर्वाचन दुवैका लागि तयार हुनुपर्ने धारणा व्यक्त गरे ।

Classic Tech Mobile
Classic Tech Desktop

आफूले जान्दाजान्दै हार्ने निर्वाचन पनि गराएको स्मरण गर्दै उनले भने, ‘दुई वर्षपछि भए पनि अहिले भए पनि मुलुकमा निर्वाचन हुन्छ, लोकतान्त्रिक पार्टी निर्वाचनका लागि सधैँ तयार हुनुपर्छ ।’

आफूले भेटेका वकिलहरुले बहुमत प्राप्त प्रधानमन्त्रीले संसद विघटन गर्न पाइन्छ भनेर लेखेको छैन भनेको भन्दै उनले भने, ‘पाइन्न भनेको छ भने त्यो हुनुपर्छ । त्यसैले अदालतको कुरामा हामी केही नगरौं । दुबैका लागि तयार होऔं ।’
चुनावले प्रजातन्त्र कमजोर हुन्छ भन्ने आफू मान्न तयार नभएको समेत देउवाले बताए ।

संसद पुनर्स्थापना भएपनि डेढ वर्ष पछाडि चुनाव हुने भन्दै देउवाले भने, ‘संसद पुनःस्थापना भए भूमिका खेलौंला, चुनाव भए चुनावमा जाउँला ।’
कार्यक्रममा पार्टी उपभापति विमलेन्द्र निधिले सरकारले प्रतिनिधिसभा विघटन गरेको कार्यविरुद्ध वडास्तरसम्म राष्ट्रव्यापी कार्यक्रम गरेको बताए ।

संविधानको व्यवस्थाविपरीत खोसिएको प्रतिनिधिसभा पुनःप्राप्ति हुनुपर्ने उल्लेख गर्दै त्यसका लागि संसद् पुनःस्थापना र निर्वाचन दुई बाटो रहेको बताए ।

आफूहरु स्वतन्त्र न्यायपालिकाको पक्षमा रहेकाले अदालतमा विचाराधीन रहेको विषयलाई प्रभाव पर्ने गरी नबोल्ने स्पष्ट पार्दै उनले कांग्रेस संसद् पुनःस्थापना र निर्वाचन दुवैका लागि तयार हुनुपर्ने उल्लेख गरे ।

सहमहामन्त्री डा. प्रकाशशरण महतले प्रतिनिधिसभा विघटन भएको अवस्थामा संसद् चाँडै आउनुपर्ने बताउँदै भने, ‘चाहे पुनःस्थापना होस्, चाहे निर्वाचनबाट आओस्, त्यसका लागि अदालतले छिटो निर्णय गर्नुपर्छ ।’

 

प्रतिकृया