• १० असोज २०८३, शनिबार
  • ५ः०९ बेलुका

पेट्रोल, डिजेल र मट्टितेल मूल्य बढ्यो, ग्याँस १४ सय पुग्यो

प्रकाशित मिति

२०७७ माघ २९ गते, बिहीबार ०६:३९

काठमाडौं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य २-२ रुपैयाँले बढाएको हो । खाना पकाउने एलपी ग्यासको मूल्य पनि बढेको छ । एलपी ग्यास प्रतिसिलिन्डर २५ रुपैयाँले महँगिएर प्रति सिलिन्डर १ हजार ४ सय रुपैयाँ पुगेको हो ।

National Life

यसअघि खाना पकाउने ग्यासको मूलय १३ सय ७५ रुपैयाँ रहेको थियो । एक वर्षपछि २५ रुपैयाँ बढेको हो । पेट्रोलियम पदार्थको मूल्य बढाए पनि अझै घाटामा रहेको निगमले जनाएको छ । निगमले डिजेलमा प्रतिलिटर ३.०१, पेट्रोल ५.१६ रुपैयाँ र एलपी ग्यासमा प्रति सिलिन्डर २९५.८३ रुपैयाँ घाटा रहेको निगमले जनाएको छ । बढेको पेट्रोलियम पदार्थको मूल्य बुधबार राती १२ बजेदेखि लागु हुने निगमले जनाएको छ ।

 

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया