• १२ असोज २०८३, सोमबार
  • २ः४३ राती

लैनचौरबाट शितलनिवाससम्म मार्चपास ‘बृहत् नागरिक आन्दोलन’ 

प्रकाशित मिति

२०७७ माघ २३ गते, शुक्रबार १२:४४

काठमाडौं-  प्रतिनिधिसभा विघटन तथा संवैधानिक निकायमा गरिएका नियुक्तिको विरोधमा नागरिक आन्दोलनले आज काठमाडौंको लैनचौरबाट शितलनिवासम्म मार्चपास गरेको हो ।बृहत् नागरिक आन्दोलन’ ले मार्चपास गरेको छ ।

National Life

लैनचोरबाट सुरु भएको मार्चपास पानीपोखरी पुगेर कोणसभामा परिणत भयो । मार्चपासमा सहभागीहरुलाई पानीपोखरीबाट प्रहरीले अघि बढ्न नदिएपछि त्यहीँ कोणसभा गरिएको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

‘राष्ट्रपतिज्यू संविधान कहाँ छ, सर्वसत्तावाद मुर्दावाद, असंवैधानिक नियुक्ति मान्दैनौ’ लगायतका नारा लेखिएको प्लेकार्ड समेत बोकेका थिए । कोणसभामा बोल्ने वक्ताहरुले प्रधानमन्त्रीको कदम र राष्ट्रपतिको भूमिकाको आलोचना गर्दै ‘गहुँगोरो अफ्रिका’ कविता समेत बाचन गरेका थिए ।

लेखक खगेन्द्र संग्रौला, पत्रकार तथा नागरिक अगुवा नारायण वाग्ले, पत्रकार राजेन्द्र महर्जनलगायत धेरै लेखक, कवि, पत्रकार तथा बुद्धिजीवि कार्यक्रममा सहभागी भएका थिए ।

प्रतिकृया