• १२ असोज २०८३, सोमबार
  • २ः३९ राती

संवैधानिक निकायहरुमा भएको नियुक्त विरुद्ध रिट दायर गर्न सभामुख सर्वोच्च अदालतमा

प्रकाशित मिति

२०७७ माघ २३ गते, शुक्रबार १२:११

काठमाडौं – सभामुख अग्नि सापकोटा संवैधानिक निकायहरुमा भएको नियुक्त विरुद्ध रिट दायर गर्न सर्वोच्च अदालत पुग्नुभएको छ । संवैधानिक परिषद्को बैठक त्यसको प्रक्रिया र नियुक्ति को सिफारिस प्रति सुरु देखी नै असहमति राख्दै आउनु भएका सापकोटा नियुक्त विरुद्धको रिट लिएर सर्वोच्च अदालत जानुभएको हो ।

National Life

मंसीर ३० गते बसेको परिषद्को बैठकको सिफरिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, राष्ट्रिय महिला आयोग लगायतका आयोगका प्रमुख तथा पदाधिकारी नियुक्ती गर्नुभएको थियो ।

पार्टी भित्रको बिमतिका कारण मैसीर ३० गते बोलाईएको बैठकमा सभामुख सापकोटा र तत्कालीन प्रम्ख प्रतिपक्षदलका नेता शेरबहादुर दउवा अनुपस्थित भएपछि सरकारले अध्यादेश मार्फत नया व्यवस्था गरेको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

परिषद्को बैठक तथा सिफरिस बारे सर्वोच्च अदालतमा अर्को रिट बिचाराधिन अवस्थामा रहेको छ ।

 

प्रतिकृया