• २१ असोज २०८३, बुधबार
  • ५ः४६ बिहान

बैंक अफ काठमाण्डु लिमिटेडका ग्राहक महानुभावहरुलाई yum yum क्याफेमा ८% छुट

प्रकाशित मिति

२०७७ माघ २१ गते, बुधबार ०६:०९

काठमाडौं: बैंक अफ काठमाण्डु लिमिटेड र yum yum क्याफे बिच बैंकको डेबिट कार्ड तथा क्रेडिट कार्डको माद्यमबाट भुक्तानी गर्दा बैंकको आदरणीय ग्राहक महानुभावहरुलाई ८% छुट उपलब्ध गराउने सम्झौता भएको छ।

National Life

यस सम्झौता पश्चात् ग्राहक महानुभावहरुले yum yum क्याफेको सेवाहरु उपभोग वापत बैंकको कार्ड प्रयोग गरी भुक्तानी गर्दा वास्तविक मुल्यको ८% छुट पाउनुहुने छ। थ्गm थ्गm क्याफेले ललितपुर जिल्लाको झम्सीखेलबाट सेवाग्राहीहरुलाई गुणसतरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको छ।

उक्त सम्झौतामा बैंकका कार्ड विभाग प्रमुख अमर राजभण्डारी ज्यु र yum yum क्याफेका निर्देशक मौसमी श्रेष्ठ ज्युले हस्ताक्षर गरेका छन्। बैंक अफ काठमाण्डु लिमिटेडले शाखा कार्यालयहरु, ७८ एटिएम र एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

 

प्रतिकृया