• २१ असोज २०८३, बुधबार
  • ८ः०६ बिहान

अब ट्राफिक जरिवाना अनलाइनबाटै भुक्तानी गर्न सकिने

प्रकाशित मिति

२०७७ माघ २१ गते, बुधबार ०१:५६

काठमाडौं: ट्राफिक जरिवाना अनलाइनबाटै भुक्तानी गर्न सकिने व्यवस्था शुरु भएको छ।
बुधबारदेखि ट्राफिक जरिवाना अनलाइनबाटै भुक्तानी गर्न सकिने व्यवस्था लागु गरेको हो।

National Life

महानगरीय ट्राफिक प्रहरी महाशाखाले बुधबार ट्राफिक जरिवाना अनलाइन भुक्तानीको उद्घाटन गर्दै अनलाइनबाटै भुक्तानी गर्न सकिने व्यवस्था शुरु भएको जानकारी दिएका छन्।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख जनक भट्टराईले आगामी दिनमा बैंकमा पुगेर जरिवाना तिरी भौचर लिएर ट्राफिक कार्यालयमा आउनुपर्ने अवस्थाको अन्त्य भएको जनाए।

Classic Tech Mobile
Classic Tech Desktop

सम्बन्धित सेवा प्रदायकबाट बैंकमा भुक्तानी पठाईदिएपछि ट्राफिकले सुचना प्राप्त गर्ने र कागजपत्र फिर्ता गरिने उनले बताए।

ट्राफिक जरिवाना ईसेवाबाट भुक्तानी गर्न सकिनेछ । ईसेवाबाट ट्राफिक जरिवाना भुक्तानी गर्नुले धेरैभन्दा धेरै सेवाग्राहीलाई लाभ पुग्ने सेवा प्रदायक कम्पनीले जनाएको छ।

ट्राफिक प्रहरीले आफ्नो साधन, स्रोत र क्षमता अनुसार अन्य सेवालाई पनि क्रमशः प्रविधिमैत्री बनाउँदै लगिने समेत जनाए।

प्रतिकृया