• ९ असोज २०८३, शुक्रबार
  • १०ः४० राती

काठमाडौं मेयर कप’ क्रिकेट चैतमा

प्रकाशित मिति

२०७७ माघ २१ गते, बुधबार ०७:२१

काठमाडौँ– काठमाडौं मेयर कप एकदिवसीय क्रिकेट प्रतियोगिता चैत मसान्तसम्ममा आयोजना हुने भएको छ ।मंगलबार प्रतियोगिता आयोजनाको एमओयु हस्ताक्षर गर्दै काठमाडौं महानगरपालिका र नेपाल क्रिकेट संघ क्यानले प्रतियोगिता आयोजना हुने जानकारी गराएको हो ।

National Life

क्यानका अध्यक्ष चतुरबहादुर चन्द र महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले हस्ताक्षर गरेका हुन् । पहिलो पटक हुन लागेको काठमाडौं मेयर कप चैत भित्र आयोजना गरिसक्ने जानकारी दिइएको छ । प्रतियोगिता आयोजनाका लागि महानगरपालिकाले क्यानलाई ५० लाख सहयोग गर्ने सम्झौतामा उल्लेख गरिएको छ ।

 

Classic Tech Mobile
Classic Tech Desktop

 

प्रतिकृया