• 10:00 am

कोरोनाले खाडीमा ज्यान गुमाएका १४ जनाको परिवारलाई आर्थिक सहयोग

प्रकाशित मिति

२०७७ माघ २१ गते, बुधबार ०७:१३

जनकपुर– जनकपुरधाममा आईएमईको दुई दिवसीय भेला सुरु भएको छ । सो अवसरमा कोरोनाबाट खाडी मुलुकमा निधन भएका १४ जना मृतक परिवारका लागि आइएमईले उपलब्ध गराएको ५८ हजारको चेक मुख्यमन्त्री लालबाबु राउतले हस्तान्तरण गरे ।

आईएमईको दुई दिवसीय भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री लालबाबु राउतले आईएमईले आफ्नो स्तरबाट गरेको कार्य सरहानीय रहेको बताए । उनले वैदेशिक रोजगारमा गएकाहरुले पठाएको रेमिट्यान्सबाट मुलुकलाई निकै फाईदा भएकोले आईएमईले गरेको कार्यको प्रशंसा गरे ।

 

 

प्रतिकृया