गहतबारे थाहा पाईराखौँ
प्रकाशित मिति
२०७७ माघ १९ गते, सोमबार ०५:२२
काठमाडौँ:नेपालमा गहत गेडागुडि तरकारी अथवा दालको रूपमा प्रयोग हुन्छ। ‘ यो निकै महत्त्वपूर्ण दाल हो। नेपाल तथा भारतको विभिन्न ठाउँमा गहतको खेती गरिन्छ । गहतलाई कुथली वा कुर्थी भनेर पनि चिनिन्छ । यसको वैज्ञानिक नाम ‘मेक्रोटाइलोमा युनी फ्लोरम’ हो । यसमा अरू दालमा भन्दा बढी फाइबर पाइने हुनाले यो सजिलै पच्छ । यसबाट दालबाहेक रोटी पनि पकाउन सकिन्छ।
गहतमा करिब २२ प्रतिशत प्रोटिन पाइन्छ भने यसबाट क्याल्सियम र फोस्फोरस पनि प्रशस्त पाइन्छ। यसमा लौह तत्व र भिटामिन ए पनि हुन्छ। युरिएजसमेत पाइने गहतमा कार्बोहाइड्रेट पनि विशेष मात्रामा हुन्छ। गहतलाई विशेष प्रकारले महत्त्वपूर्ण पोषण तत्व मानिन्छ।

गहतको फाइदा

- जाडोमा गहत खानाले चिसोले छुँदैन। यसले जाडो महिनामा औषधिको काम गर्छ। शरीरका पत्थरीहरूलाई पनि गहतले फुटाउने काम गर्छ।
- धेरै समयसम्म निरन्तर यसको दाल सेवन गर्दा पत्थरी आफैँ निको पनि हुन्छ। त्यसकारण यसलाई मूत्रसम्बन्धी विकार र पत्थरी रोग हटाउनका लागि विशेष उपयोगी मानिएको छ। पिसाबमा रोकावट हुनु, ज्वरोको कारण पिसाबमा कमी हुनु वा पिसाब पोल्नु आदि समस्या हटाउन यसको प्रयोग उत्तम हुन्छ। यसको उपयोगले रोकिएको पिसाब खुलेर आउँछ।
- यसले पित्त र रगतको दोषलाई समेत निको पार्छ। यसले पोल्ने, गर्मी र पसिनालाई रोक्छ। वात ज्वर, श्वेतप्रद र मोटोपना हटाउनसमेत गहत उपयोगी मानिन्छ। यस्तै, प्रसवपछि गर्भाशयको शोधमा समेत यसको सेवन लाभकारी मानिन्छ।
- गहतलाई नेत्र रोग र पाइल्स, वीर्य दोष, श्वासप्रश्वास, खोकी, पेटको रोग, मुटुको रोग, टाउको दुखाइ आदिमा समेत लाभदायी मानिन्छ ।
सतर्कता
- गहत खाँदा मात्रा मिलाएर मात्रै खानुपर्छ किनकि बढी मात्रामा यसको सेवनले अम्लपित्तको स्थिति उत्पन्न हुने खतरा पनि रहन्छ।




प्रतिकृया