• १२ असोज २०८३, सोमबार
  • ४ः४४ बिहान

मनी चेञ्जर विनियमावली व्यवसायीमैत्री नभएको गुनासो

प्रकाशित मिति

२०७७ माघ १८ गते, आईतवार ०१:२५

पोखरा: मुद्रा सटही व्यवसायी सङ्गठन (मनी चेञ्जर) पोखराका अध्यक्षमा रुपकराज मिश्र निर्वाचित भएका छन् । पोखरामा सम्पन्न सङ्गठनको १५ औँ साधारणसभा तथा आठौँ अधिवेशनबाट मिश्र निर्विरोध निर्वाचित भएका हुन् । अधिवेशनबाट उपाध्यक्षम दीपकराज पौडेल, सचिवमा सङ्गीता पौडेल र कोषाध्यक्षमा अमृत भुजेल तथा सदस्यमा अनिता अधिकारी, कमल भुजेल, सबु श्रेष्ठ र प्रवीण अधिकारी निर्वाचित भएका छन् ।

National Life

नवनिर्वाचित अध्यक्ष मिश्रले ‘मनी चेञ्जर विनियमावली २०७७’ व्यवसायीमैत्री नभएको र व्यवसायीलाई थप भार पारेको बताए । उनले भने, “मुद्रा सटही व्यवसायीलाई पहिला वार्षिक रु तीन हजार नवीकरण शुल्क लाग्नेमा अहिले तीन वर्षको नवीकरण शुल्क रु एक लाख बनाइएको छ । यो न्यायोचित छैन, यसको विषयमा आवाज उठाउएर व्यवसायीमैत्री बनाउन पहल गर्नेछु ।” उनले कोभिड –१९ का कारण थला परेको पर्यटनलाई जीवन्त राख्न सम्बन्धित निकायसँग समन्वय गरेर अघि बढ्ने पनि बताए ।

यसअघि साधारण सभाको उद्घाटनसत्रमा गण्डकी प्रदेशसभा सदस्य राजीव पहारीले कोभिड– १९ का कारणले मुद्रा सटही व्यवसायी प्रत्यक्ष मारमा परेको बताए । पहारीले भने, “दैनिक १८ घण्टासम्म तयार रहेर सेवा दिइरहेका व्यवसायी अहिले निकै मर्कामा पर्नुभएको छ, अब परिस्थिति सामान्य हुँदैछ, विचलित नभई व्यवसायमा लाग्नुस् ।” उनले पर्यटकलाई प्रत्यक्ष सेवा दिने व्यवसायीलाई व्यवसायबाट पलायन हुन नदिन राज्यले आवश्यक पहल गर्नुपर्ने बताए।

Classic Tech Mobile
Classic Tech Desktop

शनिबार आयोजित कार्यक्रममा नेपाल राष्ट्र बैंक पोखराका उपनिर्देशक रामकुमार कार्कीले व्यवसाय सञ्चालनमा देखिएका कठिनाइ हटाउन समन्वय र सहजीकरण गर्न पहल गरिन बताए । पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले पर्यटन क्षेत्रमा धेरैको लगानी भए पनि लगानीअनुसारको सेवा र सुविधा राज्यबाट पाउन नसकेको गुनासो गरे । सरकार आफैँले ल्याएका नीतिनियम पनि समयमै कार्यान्वयन गर्न नसक्दा यस क्षेत्रका व्यवसायीले निकै समस्या भोग्नुपरेको जनाउँदै उनले मौद्रिक नीति र व्यवसाय सञ्चालन कोष अविलम्ब कार्यान्वयन गर्न आग्रह गरे । सङ्गठनमा पोखरामा मुद्रा सटही व्यवसायमा संलग्न ४२ कम्पनी सदस्य रहेको सङ्गठनका निर्वतमान अध्यक्ष कृष्ण भण्डारीले जानकारी दिए ।-रासस

प्रतिकृया