• ७ असोज २०८३, बुधबार
  • ११ः११ राती

यूएईले माग्यो घरेलु कामदार, सुरक्षाको प्रत्याभुति भए प्रतिबन्ध फुकाउने -मन्त्री चौधरी

प्रकाशित मिति

२०७७ माघ १६ गते, शुक्रबार ०२:३०

काठमाडौं- संयुक्त अरब ईमिरेट्स यूएई ले घरेलु कामदार पठाउन नेपालसँग आग्रह गरेको छ । तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवको कार्यकालमा यूएईमा घरेलु कामदार पठाउने सम्बन्धी प्रोटोकलमा हस्ताक्षर गर्ने र प्रतिबन्ध लगाइएका अन्य मुलुकमा घरेलु कामदार सम्बन्धी श्रम सम्झौता गर्ने निर्णय भएको थियो ।

National Life

तर ठूलो संख्यामा अदक्ष महिला कामदारले रोजगारी पाउने घरेलु कामदार पठाउने विषयलाई अघि बढाउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रशासनिक नेतृत्वले इच्छा र तत्परता नदेखाएको सरोकारवालाहरुको भनाइ छ ।

नेपालले चासो नदेखाइरहेको बेला नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीले आफुसँगको हालैको एक भेटमा नेपालका लागि यूएईका राजदूत सईद हमदान अल नाक्वीले घरेलु कामदारको श्रम स्वीकृतिमा नेपालले लगाएको प्रतिबन्ध हटाउन आग्रह गरेको बताए । नेपाल ट्रेड यूनियन महासंघ ९जिफन्ट०द्वारा राजधानीमा आयोजित कार्यक्रममा मन्त्री चौधरीले राजदूत नाक्वीले यूएईमा घरेलु कामदार सुरक्षित रहेको भन्दै प्रतिबन्ध फुकाउन आग्रह गरेको जानकारी दिए ।

Classic Tech Mobile
Classic Tech Desktop

नेपालले असुरक्षित रहेको भन्दै विगत चार वर्ष अघिदेखि नेपाली महिलाहरूलाई घरेलु कामदारका रूपमा यूएईसहित खाडी देशमा जान प्रतिबन्ध लगाएको छ । तर घरेलु कामदारको वर्गमा घरभित्र सरसफाईको काम गर्नेदेखि निजी सवारी चालक, माली, बगैंचे लगायतका पुरुष कामदार समेत पर्दछन् । मन्त्री चौधरीले नेपाली कामदार सुरक्षित हुने सुनिश्चित भए प्रतिबन्ध तत्काल फुकुवा गर्न मन्त्रालय तयार रहेको राजदूत नाक्वीलाई जानकारी दिएको समेत बताए ।

नेपालका अधिकारकर्मीहरुले घरेलु कामदार पठाउने विषयमा अस्थीर र लैङ्गिक दृष्टिले असमान नीति अबलम्बन गरेको भन्दै श्रम मन्त्रालयको आलोचना गर्दै आएका छन् । हुनपनि मन्त्रालयले २०६९ सालमा ३० वर्षभन्दा कम उमेरका महिलाहरुलाई घरेलु कामदारका रुपमा जान प्रतिबन्ध लगाएको थियो । त्यसको तीन वर्षपछि मन्त्रालयले २०७२ सालमा निर्देशिका जारी गर्दै २४ वर्ष उमेर पुगेका महिलालाई श्रम स्वीकृति दिने निर्णय गरेको थियो । २०७३ सालयता श्रम सम्झौता गरेर मात्रै पठाउने भन्दै घरेलु कामदारको श्रम स्वीकृतिमा प्रतिबन्ध लगाइएको छ ।

खाडी मुलुकमा घरेलु कामदारको चर्को माग रहेको छ । कुवेतले घरेलु कामदारका ८० हजार भिसा जारी गर्ने बताएको छ । कुवेतले विगत दश महिनादेखि घरेलु कामदारको नयाँ भिसा जारी गरेको छैन । स्थानीय अलजरिदा दैनिकले रमादान पर्व नजिकिँदै गरेका कारण स्थानीयस्तरमा घरेलु कामदारको अभाव चर्किने आंकलन गरेको छ । कुवेतले नेपालसहित फिलिपिन्स, भारत, श्रीलंका र बंगलादेशबाट नयाँ घरेलु कामदार लैजान अनुमति दिएको छ ।

प्रतिकृया