• ११ असोज २०८३, आइतबार
  • ७ः४३ बेलुका

प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भन्नेहरु देशविरोधी हुन्ः प्रधानमन्त्री

प्रकाशित मिति

२०७७ माघ ११ गते, आईतवार ०४:१५

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भन्नेहरु देशविरोधी भएको बताएका छन् ।

National Life

आइतबार अपांगता भएका व्यक्तिहरुको समस्या र सवालमा अपांगतासँग सम्बन्धित विभिन्न संघ/संगठनहरुले प्रधानमन्त्रीसँग गरेको साक्षात्कार कार्यक्रममा उनले संसद् विघटनलाई असंवैधानिक भनेर कराउनेहरु देशविरोधी भएको बताएका हुन् ।

असंवैधानिक भन्नेहरु संविधान तथा लोकतन्त्रविरोधी भएको भन्दै उनले संसद् पुनस्स्थापना गर्न चाहनेहरु देशमा अस्तव्यस्तता खडा गरी स्थिरता र स्थायित्व हुन नदिने तथा बहुमतको सरकार तोडेर जोरजाममा सरकार बनाउन खोजेको आरोप लगाए ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रधानमन्त्री ओलीले अपांगता भएका व्यक्तिहरुको साथमा सरकार रहेको पनि बताए । शारीरिक रुपले अशक्त, असक्षमहरुका लागि सरकार चाहिने भन्दै अशक्तहरुको जीवनमा आइपर्ने समस्या समाधान गर्न सरकारले ध्यान दिने प्रतिबद्धता जनाए ।

प्रतिकृया