• ९ असोज २०८३, शुक्रबार
  • १०ः२६ बिहान

दुई साता पछि सारियो ट्रम्पविरूद्धको महाअभियोग प्रस्ताव

प्रकाशित मिति

२०७७ माघ ११ गते, आईतवार ०८:१६

वासिङ्टन: अमेरिकाका पूर्वराष्ट्रपति ट्रम्प।अमेरिकाका पूर्वराष्ट्रपति ट्रम्प।

National Life

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरूद्धको महाअभियोग प्रस्ताव माथिल्लो सदन सिनेटमा दुई सातापछि मात्र पेस हुने भएको छ।

यसअघि हाउस अफ रिप्रिजेन्टेटिभकी सभामुख न्यान्सी पेलोसीले सोमबार महाअभियोग प्रस्ताव सिनेटमा पेस गर्ने बताएकी थिइन्।

Classic Tech Mobile
Classic Tech Desktop

माथिल्लो सदनमा रहेका डेमोक्र्याटिक र रिपब्लिकन नेताहरूबीच सम्झौता भएपछि ट्रम्पविरूद्धको प्रस्ताव फेब्रुअरी ८ मामात्रै प्रस्तुत हुने भएको हो।

राष्ट्रपति जो बाइडेनको कार्यकालको सुरूमा उनले गरेका महत्वपूर्ण नियुक्ति र कोरोना राहत प्याकेजलाई प्राथमिकता दिए ट्रम्पलाई पनि आफ्नाविरूद्धको प्रस्तावमा तयारी गर्न समय उपलब्ध हुने भएकाले दुबै पार्टी सम्झौतामा पुगेका हुन्।

बाइडेनले आफ्नो क्याबिनेटमा नियुक्त गरेका धेरैजसो मन्त्री र अन्य अधिकारीहरू सिनेटबाट अनुमोदित हुन बाँकी छ। उनले कोरोना प्रभावितका लागि १९ खर्ब डलरको राहत प्याकेज ल्याउन लागेका छन्। उक्त प्याकेज पनि सिनेटबाट पारित हुनुपर्छ।

गत जनवरी ६ मा संसद भवनमा आफ्ना समर्थकलाई हिंसा भड्काउन उक्साएको आरोपमा ट्रम्पविरूद्ध पेस भएको महाअभियोग प्रस्ताव तल्लो सदनबाट पारित भइसकेको छ। अमेरिकी इतिहासमा दुई पटक महाअभियोग प्रस्ताव आउने ट्रम्प पहिलो राष्ट्रपति हुन्।

यसैबीच केही रिपब्लिकन सिनेटरले ट्रम्पविरूद्धको महाअभियोग प्रस्ताव पारित भए आफूहरूले पनि यसअघि एक पटक महाअभियोग लागेका डेमोक्र्याट राष्ट्रपतिविरूद्ध फेरि महाअभियोग प्रस्ताव ल्याउने चेतावनी दिएका छन्।

टेक्सासका रिपब्लिकन सिनेटर जोन कोर्निनले दुई वर्षपछि तल्लो सदनमा आफूहरूले बहुमत ल्याए पहिलाका डेमोक्र्याट राष्ट्रपतिहरूविरुद्ध फेरि महाअभियोग प्रस्ताव ल्याउने बताएका हुन्। एजेन्सी

प्रतिकृया