• २७ भदौ २०८३, शनिबार
  • ११ः२९ राती

भारतमा डायनामाइट विस्फोट हुँदा कम्तिमा ८ मजदुरको मृत्यु, सडकमा पर्‍यो चिरा

प्रकाशित मिति

२०७७ माघ ९ गते, शुक्रबार ०९:०२

एजेन्सी:भारतीय राज्य कर्नाटकको शिवामोग्गामा बिहीबार राति भएको विस्फोटमा परी कम्तिमा ८ मजदुरको मृत्यु भएको छ।

National Life

भारतीय सञ्चारमाध्यमहरूका अनुसार बिहीबार राति स्थानीय समयअनुसार साढे १० बजेतिर रेलवे क्रसर साइटमा डायनामाइट बिस्फोट हुँदा आसपासका क्षेत्रमा समेत धक्का महशुस गरिएको थियो।

सामाजिक सञ्जाल प्रयोगकर्ताले निकै ठूलो आवाज आएको र भूकम्पको जस्तो झड्का महशुस गरिएको बताएका छन्। बिस्फोटको झड्काले नजिकैको सडकमा चिरा परेको छ भने केही घरका झ्यालका शिशा फुटेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

मानिसहरूले भूकम्प आएको हो कि भनेर भूकम्प मापन केन्द्रमा फोन समेत गरेका थिए।

मृत्यु हुनेमा डायनामाइट ट्रकमा ओसारिरहेका मजदुरहरू छन्। बिस्फोट यति ठूलो थियो कि ट्रक क्षतविक्षत भएको छ भने मजदुरको शव पनि चिन्नै नसकिने गरी छियाछिया भएको छन्।

 

बिस्फोटस्थल प्रादेशिक राजधानी बैङ्लुरूदेखि ३५० किलोमिटर टाढा छ। के कारणले विस्फोट भयो भन्ने खुलिसकेको छैन।

प्रतिकृया