• २७ भदौ २०८३, शनिबार
  • ८ः२४ बिहान

बैंकमा पनि कोटामा काम

प्रकाशित मिति

२०७७ माघ ८ गते, बिहीबार ०९:१९

गोरखा:राष्ट्रिय वाणिज्य बैंकको गोरखा शाखामा सुन धितो राखेर कर्जा लिन गएका १० जना सोमबार बिहान भित्र पस्नै नपाई फर्किए । अनेक बिन्तीभाउ गर्दा उनीहरूलाई सुरक्षागार्डले भने, ‘क्यासियर सापले कसैलाई भित्र नपठाऊ भन्नुभएको छ । तपाईंहरू भित्र गए मैले गाली खान्छु ।’

National Life

धेरै चिन्ता गर्नेलाई उनी थप जवाफ दिइरहेका थिए, ‘क्यासियर सापको सरुवापत्र आएको छ । त्यसैले उहाँले काम गर्न छाड्नुभयो । अब पछि आउनू ।’क्यासियर विराटकिशोर श्रेष्ठले माघ १ गतेदेखि काम गर्न छाडेका बैंकले जनाएको छ । ‘बरबुझारथको प्रक्रिया चलिरहेकाले अहिले कर्जा प्रवाह रोकिएको हो’, शाखा प्रबन्धक कपिल कार्कीले भने ।
त्यसो त सोमबार मात्र होइन, सुन धितो राखेर कर्जा लिन जानुभयो र तपाईं लाइनको ११ औं नम्बरमा पर्नुभयो भने अरू बेला पनि गार्डले रोक्छ । जति बिन्तीभाउ गर्नुस्, गार्डको एउटै जवाफ हुन्छ, ‘क्यासियर सापले १० जनाभन्दा एक जना पनि भित्र नपठा भन्नुभएको छ ।’ पठाए आफूलाई कराउने उनले बताए ।

क्यासियर श्रेष्ठको आदेशअनुसार १० जनाले मात्र प्रवेश पाउँदा टाढा–टाढाबाट आएका सेवाग्राही बाहिरको बाहिरै पर्ने गरेका छन् । ‘नजिकैबाट आएकालाई त फेरि भोलिपल्ट पनि आउँदा केही फरक नपर्ला ।

Classic Tech Mobile
Classic Tech Desktop

तर, टाढाबाट आउनेहरू त्यति कामका लागि होटलका बस्नुपर्ने हुन्छ’, दिनहूँ उनीहरूको समस्या देखिरहेका स्थानीय आत्माराम श्रेष्ठले भने, ‘चिनेजानेकाहरूले चाहिँ टेलिफोन गरेर सोर्सफोर्स लगाएर जसरी पनि काम पट्याउँछन् । टाढाबाट आउने सर्वसाधारणले सास्ती पाएका छन् ।’ साधारण कामका लागि क्यासियर श्रेष्ठका कारण आफूले बारम्बार सास्ती पाएको उनले बताए । नागरिक दैनिकबाट

प्रतिकृया