• १ असोज २०८३, बिहीबार
  • ४ः४५ बिहान

एनसेल सिमलाई फोरजीमा अपग्रेड गर्दा २ जीबीफोरजी डेटा बोनस

प्रकाशित मिति

२०७७ माघ ७ गते, बुधबार १२:०२

काठमाडौं: एनसेल आजियाटा लिमिटेडले थ्रीजीबाट फोरजी मा सिम अपग्रेड गर्ने ग्राहककालागि मंगलबारदेखी आकर्षक बोनस योजना ल्याएको छ ।

National Life

यो योजनाअन्तर्गत फोरजीमा सिम अपग्रेड गर्ने ग्राहकले २ जीबी फोरवी डेटा बोनस स्वरुप प्राप्तगर्दछन् । यो आकर्षक योजना एनसेलले आफ्नो नयाँ अभियान ‘फास्ट फरवार्ड लाइफ’अन्तर्गत ल्याएको हो ।

यो अभियानले भविष्यको पुनःकल्पनागर्दै डिजिटल पावरका साथ छिटो अगाडी बढ्न अभिप्रेरित गर्ने जनाएको छ । दु्रतगतिको मोवाइल ब्रोडब्याण्ड फोरजीका साथ विभिन्न अनलाइन गतिविधिहरु जस्तै गेम्स्, भिडियो स्ट्रिमिङ, अनलाइन कक्षा, सामाजिक सञ्जालको प्रयोग लगायत विविध कार्यहरु सजिलै गर्न सकिन्छ ।

Classic Tech Mobile
Classic Tech Desktop

सिम अपग्रेड गर्न एनसेल ग्राहकले आफ्नो नजिकैको एनसेल सेन्टर, एनसेल पसल वा एनसेलको आधिकारीक बिक्रेता मार्फत आफ्नो सिमकार्ड सजिलै बिन ाकुनै शुल्क फोरजीमा अपगे्रड गर्न सक्छन् । ग्राहकले आफ्नो प्रयोगमा रहेको थ्रीजी सिमकार्ड दिई फोरजी सिमलिएर दु्रत गतिको इन्टरनेट सेवाबाट फाइदालिन सक्छन् ।

यो योजना अन्तर्गतको बोनस फोरजी डेटा ७ दिनको लागिमान्य रहनेछ । फोरजीमा अपग्रेड गरेपछि ग्राहकले पाउने अरु सेवा सुविधामा डेटा प्याक खरिदमा बोनस डेटा, राम्रो डेटा सेवाको अनुभव, कन्ट्याक्ट तथा एसएमएस सेभ गर्न अझै धेरै मेमोरी आदी रहेका जनाएको छ ।

फोरजी सेवा प्रयोगको लागि ग्राहकलाई फोरजी सिम, फोरजी सपोर्ट गर्ने मोवाइल र फोरजी नेटवर्क कभरेज भएको ठाउँ हुनुपर्दछ । ग्राहकले आफुले प्रयोग गरेको सिम कार्ड फोरजी सिमहो कि होईन भनेर एस्ट्रिक्स ३२४ ह्यास डायल गरी वा अंग्रेजीमा अक्षर ठुलो ‘क्यिू’ लेखि ३२४ मा एसएमएस पठाई स्टेटस् थाहापाउन सक्छन् ।

प्रतिकृया