• ९ असोज २०८३, शुक्रबार
  • १२ः०२ राती

कपाल खौरेर सरकारको विरोध

प्रकाशित मिति

२०७७ माघ ६ गते, मंगलवार ०५:५६

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले गरेर प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै नेपाली कांग्रेसको भातृ संगठन नेविसंघले विरोध प्रदर्शन गरेको छ ।

National Life

काठमाडौंको ज्ञानेश्वरबाट सरकारको कदमको विरुद्धमा नेपाल विद्याथी संघले कपाल खौरेर विरोधको नयाँ शैलीमा सडकमा उत्रिएको हो ।

प्रदर्शनका क्रममा उनीहरुले ‘केपी ओली सारकार मुर्दाबाद’ लगायत सरकार विरुद्ध लेखिएका पम्प्लेटहरु बोकेका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

विरोध प्रदर्शनमाथि प्रहरीले हस्तक्षेप समेत गर्दै उनीहरुलाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले बल प्रयोग गरी उनीहरुलाई पक्राउ गरेको छ ।

 

प्रतिकृया