• 10:44 am

बैंक अफ काठमाण्डूका ग्राहक महानुभावहरुलाई लाभी रेस्टुरेन्टमा १०% छुट

प्रकाशित मिति

२०७७ माघ ६ गते, मंगलवार ०५:२८

काठमाडौंः बैंक अफ काठमाण्डू लिमिटेड र लाभीरेस्टुरेन्ट बिच बैंकको डेबिट कार्ड तथा क्रेडिट कार्डको माद्यमबाट भुक्तानी गर्दा बैंकको आदरणीय ग्राहक महानुभावहरुलाई १०% छुट उपलब्ध गराउने सम्झौता भएको छ ।

यस सम्झौता पश्चात् ग्राहक महानुभावहरुले लाभी रेस्टुरेन्टको सेवाहरु उपभोग वापत बैंकको कार्ड प्रयोग गरी भुक्तानी गर्दा वास्तविक मुल्यको १०% छुट पाउनुहुनेछ ।

उक्त सम्झौतामा बैंकका कार्ड विभाग प्रमुख श्री अमर राजभण्डारीज्यू र लाभी रेस्टुरेन्टका प्रमुख श्री सुदर्शन पौडेलज्यूूले हस्ताक्षर गरे ।

बैंक अफ काठमाण्डू लिमिटेडले ८९ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

 

प्रतिकृया