• ८ असोज २०८३, बिहीबार
  • ११ः३० राती

प्रधानमन्त्रीले संसदमा डोजर चलाएः नारायण वाग्ले

प्रकाशित मिति

२०७७ माघ ६ गते, मंगलवार ०६:२४

काठमाडौंः पत्रकार नारायण वाग्ले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनको विरोध गरेका छन् ।

National Life

प्रचण्ड–नेपाल पक्षको प्रेस संगठन, नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै वाग्लेले यस्तो बताएका हुन् ।

उनले भने, ‘द्वन्द्वको घाउ बसेको छैन, त्यस्तो मांशाहारी आन्दोलनलाई जनतालो साथ दिने छैनन् ।’ कोरोना महामारीका बेला एक पटक पनि नसक्ने संसद किन व्युताउनु प¥यो भन्ने प्रश्न पनि गरेका छन् । उनले जनताको आवश्यकता र संकटमा नबस्ने संसद किन व्यूताउने भन्ने जनताको प्रश्न रहेको बताए । प्रतिनिधिसभा विघटन हुनुलाई प्रधानमन्त्रीले संसदमा दिउँसै डोजर लगाएको संज्ञा दिँदै ‘प्रधानमन्त्रीले संसदमा डोजर चलाए, मेयरले राति कमलपोखरीमा डोजर चलाए ।’ उनले जनप्रतिनिधिसँग आक्रोश पोखे, ‘डोजर चलाएर विकास हुँदैन, धरहरा भीमसेन थापाले बनाएका हुन्, अहिले पुनःनिर्मामाण यो विकास होइन ।’

Classic Tech Mobile
Classic Tech Desktop

१० वर्षे जनयुद्धको घाउ अझै आलै भएको समयमा प्रचण्डले अब मांशाहारी आन्दोलन गर्नुपर्छ भन्दै दिएको अभिव्यक्तिलाई किन र के का लागि भन्दै पश्न समेत गरेका छन् ।

 

प्रतिकृया