विघटनपछि ओलीको हैसियत के ? अझै ‘साइवर सेना’ रेः अध्यक्ष नेपाल
प्रकाशित मिति
२०७७ माघ ६ गते, मंगलवार ०४:०२
काठमाडौंः नेकपाका नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि आफ्नै हैसियत गुमाएको टिप्पणी गरेका छन् ।
मंगलबार राजधानीमा आयोजित प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्ने क्रममा ओलीविरुद्ध आक्रामक रुपमा प्रस्तुत हुँदै नेता नेपालले ओली ओली पदलोलुप भएको भन्दै हैसियत गुमाएको नेताको रुपमा चित्रण गरेका हुन् ।
नेपालले भने, ‘आफू मरुन्जेल नछाड्ने, अरुलाई चाहिँ पदका लागि भन्ने आरोप लगाउने ? विघटनपछि ओलीको हैसियत के, राष्ट्रपतिबाट सूचना जारी हुँदैन भने। आफूलाई कामचलाउ भन्नुस् कि विदा हुनुस्।’
नेता नेपालले प्रधानमन्त्रीको साइबर सेनाको विषयमा पनि कुरा उठाए।
नेपालले भने, ‘साइबर सेना सक्रिय छन् रे। अरिङ्गाल पनि छन् रे। उनीहरुलाई विदा गर्नुस्, सत्य हाम्रो पक्षमा छ।’
उनले आफूलाई ओरिजनल एमाले पनि दावी गर्दै भने, ओरिजिनल एमाले माधव नेपाल हो, केपी ओली होइन ।







प्रतिकृया