• 8:36 pm

सिद्धार्थ बैंकद्वारा सामुदायिक पुस्तकालय भवन निर्माणका लागि आर्थिक सहयोग

प्रकाशित मिति

२०७७ माघ ५ गते, सोमबार ०५:४६

काठमाडौं- सिद्धार्थ बैंक लिमिटेडले काठमाडौंको टोखा स्थित फ्रेन्डशिप फाउन्डेशन नेपाललाई सामाजिक उत्तरदायित्वअन्तर्गत दुई लाख आर्थिक सहयोग प्रदान गरेको छ ।

सो रकम बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत रामेश्वर प्रसाद बस्यालले फ्रेन्डशिप फाउन्डेशन नेपालका अध्यक्ष प्रकाश बाबु पौडेललाई हस्तान्तरण गरे ।

बैंकबाट प्राप्त सो रकम फ्रेन्डशिप फाउन्डेशन नेपालले गण्डकी प्रदेशको गोरखा सिरानचोक गाँउपालिका वडा नं १ केराबारी स्थित शिला रेग्मी आत्रेय सामुदायिक पुस्तकालयको भवन निर्माण गर्नका लागि उपयोग गर्नेछ ।

विभिन्न सामाजिक परियोजनाका कार्यमा कार्यरत हूँदै आएकोे उक्त फाउन्डेशनलाई बैंकले प्रदान गरेको सो रकम सहयोगबाट त्यस क्षेत्रमा अध्ययनका लागि पुर्वाधारको निर्माण हुने र आवश्यक अध्ययन सामग्रीको लागि सजिलो पहुँच पुग्ने विश्वास बैंकको रहेको छ ।

 

प्रतिकृया