कांग्रेस सभापति देउवा र वरिष्ठ नेता पौडेलबीच भेटवार्ताः केन्द्रीय कार्यसमिति बैठक फेरी सर्यो
प्रकाशित मिति
२०७७ माघ ५ गते, सोमबार ०६:०९

काठमाडौंः नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक पुनः सरेको छ ।
यसअघि पुस २७ गतेका लागि बोलाइएको बैठक सरेर ६ गते मंगलबारलाई बोलाइएको भएपनि पुनः सारेर १३ गते पुर्याइएको हो ।
नेपाली कांग्रेसको पार्टी कार्यालयद्वारा विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०७७ माघ ६ गते मंगलवार दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने गरी तोकिएकोमा उक्त बैठक २०७७ माघ १३ गते मंगलवार दिनको १ बजे बस्ने भएको छ ।’
यसैत्रीच सभापति शेरबहादुर देउवा वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवर्ता भएको छ ।
देउवा बोहराटारस्थित पुगेर पौडेलसँग भेटवार्ता गरेका हुन् ।
भेटमा पार्टीको आन्तरिक विषयमा छलफल र पछिल्लो समय कांग्रेसको क्रियाशील सदस्यतासम्बन्धी विवाद समाधानको विषयमा छलफल भएको बुझिएको छ ।
प्रतिकृया