• १५ असोज २०८३, बिहीबार
  • ९ः४० राती

‘मनसँग मन’को ‘मेरो त भाग्य’ सार्वजनिक

प्रकाशित मिति

२०७७ माघ ३ गते, शनिबार ०५:४४

काठमाडौं- चलचित्र ‘मनसँग मन’को प्रदर्शन मिति तय गरिएको छ । यो चलचित्र चैत्र २७ गतेबाट रिलिज हुने भएको छ ।

National Life

यो चलचित्रको ‘मेरो त भाग्य’ बोलको गीत पनि सार्वजनिक गरिएको छ । नयाँ बर्षको छेको पारेर निर्माणपक्षले चलचित्र रिलिज गर्न लागेको हो ।

चलचित्रको सार्वजनिक ‘मेरो त भाग्य’ बोलको गीतमा डेभिड शंकर र भावना थापाको स्वर, दिपक शर्माको संगीत र विपिन किरणको शब्द छ ।

Classic Tech Mobile
Classic Tech Desktop

गीतको भिडियोलाई सौरभ लामाले खिचेका हुन् भने रामजी लामिछानेको कोरियोग्राफी, अर्जुन जीसीको सम्पादन यो भिडियोमा छ । यो भिडियोमा चलचित्रका मुख्य कलाकार नायक पुष्प खड्का, नायिका वर्षा सिवाकोटीको नृत्य रहेको छ ।

यस्तै, अतिथी कलाकारको रुपमा चलचित्रको यो गीतको भिडियोमा नायक पल शाह र नायिका पूजा शर्माले नृत्य गरेका छन् ।

गीतको भिडियोमा कलाकारद्धय बुद्दि तामाङ र रविन्द्र झालाई पनि देख्न सकिन्छ । चलचित्रमा पुष्प खड्का, वर्षा सिवाकोटी, वुद्दि तामाङ लगायतका कलाकारको अभिनय छ ।

कैलाश राइको निर्देशनमा बनेको चलचित्रमा अरुण तामाङको लगानी रहेको छ । सौरभ इन्टरटेन्मेन्ट र बालाली इन्टरटेन्मेन्टको प्रस्तुतिमा यो चलचित्र तयार भएको हो ।

 

प्रतिकृया