• १५ असोज २०८३, बिहीबार
  • ११ः११ राती

नेपाल फर्किए परराष्ट्रमन्त्री ज्ञवालीः के-के भयो त उपलब्धि ?

प्रकाशित मिति

२०७७ माघ ३ गते, शनिबार ०५:२७

काठमाडौंः परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली भारतको नयाँ दिल्लीबाट काठमाडौँ फर्केका छन्।

National Life

नेपाल–भारत संयुक्त आयोगको परराष्ट्रमन्त्री स्तरीय बैठकमा सहभागी भई उनी शनिबार अपराह्न काठमाडौं ओर्लिएका हुन् ।

काठमाडौं फर्किए लगत्तै विमानस्थलमा प्रेस नोट बाँड्दै उनले भारतका विदेशमन्त्री एस जयशंकरसँग भएको वार्ताका क्रममा नेपालमा कोभिड भ्याक्सिनको तत्कालको आवश्यकता भारतले पूर्ति गरिदिने सहमति भएको जानकारी गराए ।

Classic Tech Mobile
Classic Tech Desktop

सन् १९५० को सन्धिको पुनरावलोकन, प्रबुद्ध समूहले तयार पारेको प्रतिवेदन, सीमासम्बन्धी कार्यहरु टुंग्याउनेलगायतका विषयमा गहन छलफल भई सकारात्मक निष्कर्ष निकालेको दाबी पनि परराष्ट्रमन्त्री ज्ञवालीले गरेका छन्।

त्यस्तै, रक्सौल–काठमाडौँ रेलमार्गको सर्वेक्षण निरन्तर जारी राख्ने तथा जयनगर–कुर्था रेल चाँडै सञ्चालनमा ल्याउने सहमति पनि भएको उनको भनाई छ ।

भैरहवामा एकीकृत चेकपोस्टको काम सुरु गर्ने र महाकालीमा निर्माणाधीन चार लेनको पुललाई भारतको राष्ट्रिय राजमार्गसँग जोड्ने सहमति पनि भएको छ।

बैठकले राजनीतिक सुरक्षा तथा सीमा कनेक्टिभिटी, पूर्वाधार एवम् आर्थिक सहयोग, व्यापार तथा पारवहन, ऊर्जा तथा जलस्रोत, संस्कृति, पर्यटन तथा शिक्षा गरी मुख्यतयास् पाँचवटा समूह अन्तर्गत आपसी सहयोगका विविध पक्षहरुमा समष्टिगत समीक्षा गर्दै द्विपक्षीय सहयोग प्रबर्द्धन गर्ने सहमति गरेको पनि मन्त्री ज्ञवालीको विज्ञप्तिमा उल्लेख छ।

 

प्रतिकृया