• ११ असोज २०८३, आइतबार
  • १ः५१ राती

माछापुच्छ्रे बैंक र एशियाली डेभलपमेन्ट बैंक एडिबीबीच सम्झौता

प्रकाशित मिति

२०७७ माघ ३ गते, शनिबार ०४:५२

काठमाडौं – माछापुच्छ्रे बैंक र एशियन डेभलपमेन्ट बैंक एडीबी बीच एडीबीको ट्रेड एण्ड सप्लाई चेन फाइनान्स प्रोग्राम अन्तर्गत कर्जा तथा ट्रेड सहयोगको लागि सम्झौता भएको छ ।

National Life

उक्त सम्झौता पत्रमा एशियन डेभलपमेन्ट बैंक एडीबी का सल्लाहकार तथा प्रमुख ट्रेड एण्ड सप्लाई चेन फाइनान्स स्टेभन विक तथा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरे ।

ट्रिपल ए क्रेडिट रेटिङ्ग प्राप्त एडीबीको ट्रेड एण्ड सप्लाई चेन फाइनान्स प्रोग्रामले एसियामा आजसम्म २०० भन्दा बढी बैंकहरुसँग सहकार्य गरिसकेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

सम्झौतापश्चात एडीबीको ग्यारेन्टीमा माछापुच्छ्रे बैंकले विभिन्न क्षेत्रका साना तथा मझौला व्यवसायीहरुलाई अन्तर्राष्ट्रिय ट्रेड तथा ग्यारेन्टीसँग सम्बन्धित फाइनान्सिङ सुविधाहरु प्रदान गर्नेछ ।

ग्राहकलाई विश्वसनिय तथा परिमार्जित सेवा प्रदान गर्दै आइरहेको माछापुच्छ्रे बैंकले एडीवीसँग ट्रेड फाइनान्स प्रोग्राममा गरेको सम्झौताले देशको आर्थिक बिकासमा ठूलो टेवा पुग्ने विश्वास लिएको छ ।

 

प्रतिकृया