• ११ असोज २०८३, आइतबार
  • ५ः३३ बिहान

इन्फ्रास्ट्रक्चर बैंकको अहिलेसम्मकै ठुलो आईपीओ आजदेखि बिक्रि खुला

प्रकाशित मिति

२०७७ माघ २ गते, शुक्रबार ०२:००

काठमाडौं, अहिलेसम्मकै ठुलो नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ आजबाट बिक्रि खुला भएको छ ।
हालसम्मकै सर्वाधिक ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ताको आईपीओ शुक्रबारबाट बिक्रि खुला भएको हो ।

National Life

कुल ८ करोडको कित्तामध्ये ७ करोड ५८ लाख ४० हजार कित्ता सर्वसाधारणको लागि निष्कासन गरेको बैकले जनाएको छ । ४० लाख कित्ता सामुहिक लगानी कोषका लागि र १ लाख ६० हजार कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्टाइएको छ ।

लगानी गर्न इच्छुक आवेदकहरुले माघ २ गतेबाट माघ ६ गतेसम्म र ढिलोमा १६ गतेसम्म आवेदन दिन सक्छन् । कम्पनीले पुस १० गते नेपाल धितोपत्र बोर्डबाट आईपीओ बिक्रि गर्न अनुमति पाएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया