• १० असोज २०८३, शनिबार
  • ८ः११ राती

नेकपामा दुवै समूहका फरक फरक रणनीति

प्रकाशित मिति

२०७७ माघ २ गते, शुक्रबार ०६:५८

काठमाडौं, प्रतिनिधिसभा विघटनसँगै दुई समूहमा विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरू आआफ्नै रणनीतिअनुसार अगाडि बढ्ने भएका छन् ।

National Life

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली समूह देशभर आवश्यक माहोल खडा गर्दै निर्वाचनको तयारीमा होमिएको छ भने नेकपाका माधवकुमार नेपाल र पुष्पकमल दाहाल समूह प्रतिनिधिसभा पुनस्र्थापना गराउन पूर्वघोषित आन्दोलनका कार्यक्रमलाई सशक्त बनाउने रणनीति बनाउँदै छ । सो समूहले जसरी भए पनि निर्वाचन रोक्ने गरी आवश्यक गृहकार्य अघि बढाउने भएको छ ।

बिहीबार दुवै समूहको छुट्टाछुट्टै बसेको स्थायी कमिटी बैठकले आआफ्नै तयारीअनुसार आफ्ना एजेन्डालाई सफल बनाउने विषयमा छलफल गरेका छन् । ओली समूहले त निर्वाचनलाई निर्धारित समयमा सम्पन्न गर्न आफ्ना सबै कार्यकर्तालाई गाउँगाउँमा परिचालन गर्ने निर्णय गरेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रधानमन्त्री निवास बालुवाटारमा ओली समूहका स्थायी कमिटीको अनौपचारिक बैठकले सरकारले तोकेकै मितिमा निर्वाचन सम्पन्न गर्ने गरी आवश्यक तयारीमा जुट्नुपर्ने निष्कर्ष निकालेको हो । १७ र २७ वैशाखमा प्रतिनिधिसभा निर्वाचन गर्ने घोषणा यसअघि नै भइसकेको छ । निर्वाचन आयोगसमेत निर्वाचनको पूर्वतयारीमा जुटिसकेको छ ।

हालसम्म देशैभर भएका प्रदर्शन, भेला, प्रशिक्षण तथा बैठकले पार्टीको पक्षमा सोचेभन्दा बढी जनलहर प्राप्त भएको निष्कर्ष निकाल्दै ओली समूह यस्ता कार्यक्रम निर्वाचनसम्म नै जारी राख्ने निष्कर्षमा पुगेको आजको राजधानी दैनिकमा खवर छ ।

प्रतिकृया