• १४ असोज २०८३, बुधबार
  • ६ः२६ बेलुका

एनएमबि बैंकको बार्षिक साधारण सभाले पारित गर्यो १६.२५ नगद लाभांश, अधिकृत पुँजी २० अर्ब

प्रकाशित मिति

२०७७ पुष २९ गते, बुधबार ०५:४१

काठमाडौं- एनएमबि बैंक लिमिटेडको बार्षिक साधारण सभाले १६.२५ नगद लाभांश पारित गरेको छ । पुस २९ गते सम्पन्न बैंकको २५औं बार्षिक साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो ।

National Life

साधारण सभाले बैंकको आर्थिक वर्ष २०७६र७७ को वितरण योग्य मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पुँजीको १३ प्रतिशत बोनश सेयर र ३.२ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि समेत वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको हो । उक्त सभाले बैंकको अधिकृत पुँजी १६ अर्बबाट बृद्धि गरी २० अर्ब पुर्याउने प्रस्ताव समेत पारित गरेको छ ।

बैंक संचालक समितिका अध्यक्ष पवन कुमार गोल्यानको अध्यक्षतामा सम्पन्न सभाले कोभिड १९ का कारण हुनसक्ने संक्रमणको जोखिमलाई ध्यानमा राख्दै भर्चुअल प्रविधिमार्फत सभा संचालन गरेको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया