• १३ असोज २०८३, मंगलबार
  • १ः२८ दिउँसो

चीनमा उत्पादित कोरोना खोपको विश्व स्वास्थ्य संगठनद्वारा अध्ययन

प्रकाशित मिति

२०७७ पुष २९ गते, बुधबार ०२:२४

रासस – विश्व स्वास्थ्य संगठनले उक्त संगठनका विशेषज्ञहरुले चिनियाँ कम्पनीले उत्पादन गरेका दुईवटा खोप साइनोफार्म र साइनोभ्याकको आपतकालीन प्रयोगबारे अनुसन्धान गरेको जनाएको छ।

National Life

विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रस आधनम गेब्रेयोसले सो कुराको जानकारी गराएका हुन्। उनले चीनका ती कम्पनीहरुले उत्पादन गरेका खोपहरुको आपतकालीन प्रयोगका लागि आवश्यक पर्ने प्रक्रिया पूरा गर्ने विषयमा विश्व स्वास्थ्य संगठनका विज्ञहरुले काम गरिरहेका बताए।

महानिर्देशक गेबरियसले भने, ‘मलाई यस कारणले खुशी लागेको छ कि चीनका यी दुई खोपको प्रयोग र तिनको अन्तर्राष्ट्रिय प्रयोगका लागि आवश्यक गुणस्तरका विषयमा पनि विश्व स्वास्थ्य संगठनको विज्ञ समूहले काम गरिरहेको छ।’

Classic Tech Mobile
Classic Tech Desktop

विश्व स्वास्थ्य संगठनले विश्वका खोप उत्पादक कम्पनीहरुलाई छिटो छिटो खोपहरु उत्पादन गर्न र यससम्बन्धी तथ्यांकहरु संगठनलाई उपलब्ध गराउन पनि विश्व समुदायलाई आग्रह गरिरहेको छ।

प्रतिकृया