• ४ साउन २०८३, सोमबार
  • ७:३५ बेलुका

जी न्युजका प्रधानसम्पादक चौधरीले लिए नेपाल आएर प्रधानमन्त्रीको अन्तरवार्ता

प्रकाशित मिति

२०७७ पुष २७ गते, सोमबार ०५:३७

काठमाडौंः चर्चीत भारतीय टेलिभिजन न्यू च्यानल जी न्युजका प्रधानसम्पादक सुधीर चौधरीले नेपालमा आएर नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको अन्तरवार्ता लिएका छन् ।

शनिबार बिहान तीन जनाको टोलीसहित काठमाडौं उत्रिएका उनले बालुवाटार पुगेर प्रधानमन्त्री ओलीसँग अन्तरवार्ता लिएका हुन् ।

Kamana Sewa

उनले आफु नेपाल आएको र प्रधानमन्त्री ओलीसँग अन्तरवार्ता लिएको ट्विटर र इन्टाग्राम मार्फत सार्वजनिक गरेका छन् । चौधरीले आफुले अन्तरवार्ताका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसँग खिचेका तस्विरहरुसमेत जोड्दै आफु नेपाल आएर अन्तरवार्ता लिन सफल रहेको उल्लेख गरेका छन् ।

Classic Tech Desktop

कुराकानीपछि सुधीरले फेसबुकमा लेखेका छन्, ‘छिमेकमा के चलिरहेको छ भनेर थाहा पाउनु महत्त्वपूर्ण हो । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग राम्रो कुराकानी भयो । अब नेपालले भारतलाई किन ठूल्दाजुका रुपमा व्यवहार गर्न चाहँदैन भन्ने बारेमा पनि कुरा भयो ।’

नेपालले लिपुलेक, कालापानी र लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा सार्वजनिक गरेपछि विवादित सामाग्री प्रसारण गर्ने समाचार माध्यमकै अग्र मानिएको जी न्यूजले एकाएक नेपाल आएर प्रधानमन्त्रीको अन्तरवार्ता लिनुलाई केहीले शंकाको रुपमा समेत हेरेका छन् ।

नेपालको बारेमा अर्नागत प्रचार गर्ने टेलिभिजनमा प्रधानमन्त्रीले यसरी अभिब्यक्ति दिनुले उनको राष्ट्रप्रेम झर्लग भएको समेत विश्लेषकको टिप्पणी छ ।

 

 

प्रतिकृया