• १० असोज २०८३, शनिबार
  • ८ः०५ राती

सत्तारूढ पार्टीको महासचिवमा ‘निर्वाचित’ भए किम जोङ उन

प्रकाशित मिति

२०७७ पुष २७ गते, सोमबार १२:११

एजेन्सी:उत्तर कोरियाका नेता किम जोङ उन सत्तारूढ वर्कर्स पार्टीको महासचिवमा निर्वाचित भएका छन् ।

National Life

सरकारी सञ्चारमाध्यम केसिएनएका अनुसार आइतबार भएको निर्वाचनमा उन सर्वसम्मत रूपमा महासचिव चुनिएका हुन्। वर्कर्स पार्टीको पाँच वर्षमा एक पटक हुने अधिवेशनले उनलाई महासचिव चुनेको हो। उनका कोही प्रतिष्पर्धी थिएनन् ।

यसअघि पार्टीको महासचिव उनका बुवा किम जोङ इल थिए। महासचिव निर्वाचित भएसँगै सन् २०११देखि उत्तर कोरियाको शासन चलाइरहेका उन झन् शक्तिशाली बन्ने भएका छन् । ‘अधिवेशनले सर्वसम्मत रूपमा उनलाई पार्टीको महासचिवमा बढुवा गर्ने कुरालाई पारित गरेको छ,’ केसिएनएले भनेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

आफ्ना बुवाको मृत्यु भएपछि उन २०११ मा सत्तामा आएका थिएन । २०१२ मा उनको पार्टीले इललाई सधैँका लागि महासचिव र उनलाई प्रथम सेक्रेटरी बनाएको थियो । सन् २०१६ मा उनलाई पार्टीको अध्यक्ष भनिएको थियो । यसपालिको अधिवेशनले पार्टीको केन्द्रीय कमिटी र पोलिटब्युरोको पनि निर्वाचन गरेको छ।

प्रतिकृया