• 12:56 pm

प्रधानमन्त्री कप माघ २ गतेबाट सुरु हुने

प्रकाशित मिति

२०७७ पुष २४ गते, शुक्रबार ०६:२६

काठमाडौंः प्रधानमन्त्री कप (पियम) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता माघ २ गतेबाट सुरु हुने भएको छ ।

नेपाल क्रिकेट संघ क्यानले शुक्रबार एक विज्ञप्ति निकाल्दै पियम कप माघ २ गतेबाट सुरु हुने जनाएको हो ।

टियु क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा हुने प्रतियोगिता माघ १७ गतेसम्म चल्ने छ । प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय टिमले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा सहभागी १० टोलीलाई २ समूहमा विभाजन गरिएको छ ।

समूह ए मा त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, गण्डकी प्रदेश, प्रदेश-१ र कर्णाली प्रदेश रहेका छन् ।

समूह बी मा नेपाल पुलिस क्लब,बागमती प्रदेश, लुम्बिनी प्रदेश, प्रदेश-२ र सुदूरपश्चिम प्रदेश रहेका छन् ।

उद्घाटन खेलमा आर्मी र गण्डकी प्रदेशबीच टियु मैदानमा प्रतिस्पर्धा हुनेछ ।

यस्तै दोस्रो दिन एपीएफ र प्रदेश-१ बीच प्रतिस्पर्धा हुनेछ ।

तेस्रो दिनबाट हरेक दिन दुई खेल हुनेछ ।

 

प्रतिकृया