पहिलो लालगद्दार प्रचण्ड, त्यसपछि मात्र हामीः मन्त्री भट्ट
प्रकाशित मिति
२०७७ पुष २४ गते, शुक्रबार ०४:४१
धनगढीः उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री एवं नेकपा नेता लेखराज भट्टले जनयुद्धका शहीद, घाइते र अपांग कार्यकर्तालाई बेवास्ता गर्ने प्रचण्डले माओवादी लिगेसीको कुरा गर्न नमिल्ने बताएका छन् ।
कैलालीको धनगढीमा नेकपा ओली समूहले शुक्रवार आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै नेता भट्टले माओवादी लिगेसीको कुरा गर्दा पहिलो लालगद्दार प्रचण्ड र त्यसपछि मात्र आफूहरू भएको बताएका हुन् ।
उनले भने, ‘शहीद परिवारलाई प्रचण्ड कमरेडले सम्झिनुभएन, जो हिजो परिवर्तनका लागि युद्ध लडेका थिए, उनीहरू आज खाडीमा छन्, भारतका गल्लीमा भौँतारिइरहेका छन् । अनि माओवादी लिगेसीको कुरा गर्नुहुन्छ ?’ लिगेसी कहाँ गयो रु लालगद्दार हो भने पहिला प्रचण्ड हो, त्यसपछि मात्र हामी हौँ ।’
दुई पार्टीको एकता हुँदा र दुई अध्यक्षबीच सहमति अनुरुप दाहालले नै सहमति तोडेको उनको आरोप छ।
‘अहिले निर्माणको समय हो। तर, उहाँ जहिले पनि ध्वंशमा लाग्नुभयो,’ उनले भने,‘१० वटा सरकार अहिलेसम्म भत्काइसक्नु भएको छ। उहाँ निर्माण गर्ने होइन, जहिले भत्काउने खेलमा लाग्नुभयो।’
सरकारले राम्रो काम गरिरहेका बेला नेताहरुमा छटपटी भएर पार्टीलाई विभाजनको तहसम्म पुर्याएको उनको भनाइ छ। दाहालले सहिद परिवार, वेपत्ता, घाइते अपाङ्गलाई कहिले नसम्झेको उनले बताए।








प्रतिकृया