• १० असोज २०८३, शनिबार
  • १०ः४४ राती

पछिल्लो २४ घण्टामा ५५४ कोरोना संक्रमित थपिएः ६ जनाको मृत्यु

प्रकाशित मिति

२०७७ पुष २४ गते, शुक्रबार ०३:५७

काठमाडौंः पछिल्लो २४ घण्टामा नेपालमा ५ सय ५४ जना कोरोना संक्रमित थपिएका छन्।

National Life

यो सँगै कुल संक्रमितको संख्या २ लाख ६४ हजार १ सय ५९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा ५ हजार २ सय ६९ जनाको पिसिआर परीक्षण गर्दा ५ सय ५४ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १९ लाख ७४ हजार ५ सय ६१ पुगेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

शुक्रबार थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ९ सय ९ पुगेको मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा ५ सय ८५ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ५७ हजार २ सय २९ पुगेको छ।

प्रतिकृया