• ११ असोज २०८३, आइतबार
  • ४ः०७ बेलुका

व्यक्तिको स्वार्थ हेरेर संविधानमाथि कुठाराघातः नेता श्रेष्ठ

प्रकाशित मिति

२०७७ पुष २४ गते, शुक्रबार ०१:५०

काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले कसैको व्यक्तिगत इच्छामा र स्वार्थका लागि संविधानमाथि कुठाराघात गर्न नहुने बताएका छन् ।

National Life

शुक्रबारको राष्ट्रियसभाको बैठकमा बोल्दै श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले यस्तो व्यक्तिगत स्वार्थका कारण यो कदम चालेको भन्दै संविधानमाथि कुठाराघात गर्न नहुने बताएका हुन् ।

उनले भने, ‘कसैले भन्न सक्छ यो संवैधानिक छ ? हामीले त्यतिबेला राष्ट्रिय राजनीतिक सहमति गरेका थियौं। यो सबैलाई थाहा छ। सबै जनतालाई थाहा छ। कानुन र संविधानको धारा अक्षर पढ्न सक्ने सबैलाई थाहा छ। तर यति हुँदाहुँदै पनि असंवैधानिक काम गरियो ।’

Classic Tech Mobile
Classic Tech Desktop

‘यो संवैधानिक भन्न कसैले सकेका छैनन्। तर हाम्रो प्रधानमन्त्री र उनका समर्थनले राजनीतिक बाध्यता भएको भन्दै संविधानमाथि आक्रमण गर्न पाउँदैनन, पार्टीमा एकता कायम गर्न छलफल भए पनि प्रधानमन्त्रीले गलत गर्दै गए।’ उनले भने ।

प्रधानमन्त्रीले पार्टीको आन्तरिक मामिलालाई हेरेर व्यक्तिको स्वार्थ हेरेर संविधानमाथि यस्तो गर्न नपाइने तर्क श्रेष्ठको छ ।

 

प्रतिकृया