• ९ असोज २०८३, शुक्रबार
  • ३ः५९ राती

“ट्राफिक प्रहरीले राख्न थाल्यो सडकमा बत्ती”

प्रकाशित मिति

२०७७ पुष २४ गते, शुक्रबार १२:१५

काठमाण्डौँ:  महानगरीय ट्राफिक प्रहरी महाशाखाले बिभिन्न संघ संस्थाको समन्वयमा सडकबत्ती राख्न थालेको छ ।

National Life

कोटेश्वर कलंकी सडक खण्डमा सवारी दुर्घटनाको सख्या बढेसँगै ट्राफिक महाशाखाले त्यसको कारण खोजी गरेको थियो । सवारी दुर्घटनाको कारणहरु मध्ये तिब्र गति र अध्याँरो सडकको कारण बढि दुर्घटना भएको हुन सक्ने तथ्यलाई मध्यनजर गर्दै महाशाखाले दुर्घटना न्युनिकरणको उपाय निकालेको हो ।

बिशेषगरी रातको समयमा सडक बत्तीको अभावले अध्याँरोको कारण जेब्राक्रसिङ्ग तथा जथाभावी बाटो काट्ने क्रममा दुर्घटनाको जोखिम उच्च रहेको हुनाले बिभिन्न सँघसंस्थाहरुसँग समन्वय गरि त्यस्ता स्थानहरुमा स्ट्रिट लाईट जडान गर्न थालिएको हो

Classic Tech Mobile
Classic Tech Desktop

तिब्र गतिका कारण हुने दुर्घटना न्युनिकरण गर्न उक्त सडक खण्डका बढि दुर्घटना जोखिम रहेको स्थानहरुमा रातको समयमा समेत टल्किने एख्ऋ ट्राफिक कोणद्वारा स्पिड ब्रेकर बनाई गति नियन्त्रण गरिएको महाशाखा प्रमुख एसएसपि जनक भट्टराईले जानकारी दिनुभयो ।

भट्टराईका अनुसार रातको समयमा दुर्घटनामा परि जनधनको क्षति हुने गरेको तथ्यलाई लक्षित गर्दै महाशाखाले सडक बत्ती र टल्किने ट्राफिक कोण राख्न शुरु गरेको हो ।

जाडो मौसम शुरु भएसँगै केहि समययता दुर्घटनाको जोखिम बढेको र बढि दुर्घटना हुन सक्ने स्थानहरुको पहिचान गरि त्यस्था स्थानहरुमा ट्राफिक महाशाखाले स्थानिय संघ संस्था तथा समाजसेवीहरुसँग समन्वय गरि सडक बत्ती जडान र टल्किने ट्राफिक कोण राख्न शुरु गरिएको महाशाखाका प्रबक्ता एसपिश्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो ।

उक्त सडक खण्डकोको बिएण्डबि.अगाडी, स्टार अस्पताल अगाडी, सानेपा, बल्खु सुमो पार्क, खसी बजार, सिता पेट्रोल पम्प, भालेश्वर अटो वर्कसप, कलंकीलगायतकास्थानहरुमा सडक बत्ती जडान गरेको छ । साथै उक्त सडक खण्डको बिभिन्न १४ स्थानमा गति नियन्त्रण गर्न टल्किने कोणहरु समेत राखिएको र यसलाई निरन्तरता दिइने महाशाखाले जनाएको छ ।

प्रतिकृया