संसद भवनमा ट्रम्प समर्थकले मच्चाएको हिंसामा घाइते भएका प्रहरी अधिकारीको मृत्यु
प्रकाशित मिति
२०७७ पुष २४ गते, शुक्रबार १२:०१
Trump supporters clash with police and security forces as they storm the US Capitol in Washington, DC on January 6, 2021. - Donald Trump's supporters stormed a session of Congress held today, January 6, to certify Joe Biden's election win, triggering unprecedented chaos and violence at the heart of American democracy and accusations the president was attempting a coup. (Photo by Olivier DOULIERY / AFP) (Photo by OLIVIER DOULIERY/AFP via Getty Images)
एजेन्सी :अमेरिकाको संसद भवनमा बुधबार राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले मच्चाएको हिंसामा परी मर्नेको संख्या पाँच पुगेको छ।
उक्त हिंसामा परी घाइते भएका एक जना प्रहरी अधिकारीको उपचारको क्रममा बिहीबार राति मृत्यु भएपछि मर्नेको संख्या पाँच पगेको हो।
युएस क्यापिटोल प्रहरीले विज्ञप्ति जारी गर्दै प्रहरी अधिकृत ब्रायन डी सिकनिकको उपचारको क्रममा मृत्यु भएको जानकारी दिएको छ।
बुधबार दिउँसो ट्रम्प समर्थकले सुरक्षा घेरा नाघेर संसद भवनभित्र तोडफोड गर्दा सिकनिक त्यहीँ ड्युटीमा खटेका थिए। ट्रम्प समर्थकसँगको झडपमा घाइते भएका उनलाई स्थानीय अस्पतालमा लगिएको थियो।
यसअघि उक्त हिंसामा चार जनाको मृत्यु भएको थियो। तीमध्ये एक जना महिलालाई प्रहरीले चलाएको गोली लागेको थियो।
घटनामा संलग्न ५१ जनालाई प्रहरीले पक्राउ गरेको छ।






प्रतिकृया