• १० असोज २०८३, शनिबार
  • ५ः३३ बिहान

गुणस्तरीय सामान मात्रै बिक्री गर्न निर्देशन

प्रकाशित मिति

२०७७ पुष २३ गते, बिहीबार ०५:०३

भक्तपुर, नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले व्यापारीहरुलाई गुणस्तरीय सामान मात्रै बिक्री गर्न निर्देशन दिएका छन् ।

National Life

नगरपालिकाले आज कार्यालयमा आयोजना गरेको भक्तपुर नगरपालिका क्षेत्रभित्रका पसल व्यवसायीको भेलामा यस्तो निर्देशन दिएका हुन् ।

मानिसको जीउज्यान खतरामा हुने अखाद्य वस्तु बिक्री नगर्न, गुणस्तरीय सामान मात्रै बिक्री गर्न, प्रत्येक पसलमा मूल्यसूची राख्न, म्याद गुज्रेका सामान छुट्टै राखेर नष्ट गर्न उनले निर्देशन दिए ।

Classic Tech Mobile
Classic Tech Desktop

बजार अनुगमनमा व्यवसायीले निकै लापरवाही गरेको सन्दर्भ कोट्याउँदै उहाँले समयमै पसल दर्ता गर्नुपर्ने, नगरपालिकामा तिनुपर्ने कर समयमै तिर्नुपर्ने तथा सरसफाइमा ध्यान दिएर व्यवसाय सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

नगरप्रमुख प्रजापतिले व्यापार सेवा व्यवसाय भएको बताउँदै सामान बिक्री गर्दा बिक्री मूल्य उल्लेख गरी गुणस्तरीय सामान बेचबिखन गरी उपभोक्ताको मन जित्ने ढङ्गले व्यवसाय सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

व्यवसायीका कारण उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने र व्यवसाय नै खतरामा पर्ने सक्नेतर्फ सचेत हुनुपर्नेमा जोड दिए ।

उनले नगरपालिकाको बजेट नगरवासीकै हितमा प्रयोग गर्ने उद्देश्यले उपभोक्ता समितिमार्फत भौतिक निर्माणकार्यलाई प्राथमिकता दिएको बताउँदै सम्पदा बचाउने अभियानमा नगरपालिका लागेको जानकारी दिए ।

कार्यक्रममा भनपा–७ का वडाध्यक्ष उकेश कवां, वडा नं ३ का अध्यक्ष एवं बजार अनुगमन समितिका संयोजक राजकृष्ण गोरा, वडा नं ६ का अध्यक्ष एवं बजार अनुगमन समितिका सदस्य हरिराम सुवाल, बजार अनुगमन समितिका सदस्य रोशनमैँया सुवाल, वडा निरीक्षक रामकृष्ण प्रजापतिले बजार व्यवस्थित हुनसके मात्रै नगरवासीको स्वास्थ्य राम्रो हुने बताए ।

भेलामा आएका व्यवसायीले आफ्ना व्यावसायिक समस्या र नगरपालिकाले दिनुपर्ने सुविधाका बारेमा धारणा राखेका थिए । रासस

प्रतिकृया